पं. नारायणप्रसाद दुलाल
(ज्योतिषाचार्य/वास्तुविद)
मेष
कीर्तिमानी काम गर्ने समय छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । साताको अन्त्यमा गरेको काममा ढिलासुस्ती हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि वरुण भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष
राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । वाक्चतु¥याइँले सङ्कल्प सिद्ध हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । दैनिक कार्यहरूमा प्रगति हुनेछ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ सेतो वा वैजनीे हो । शुभकर्म गर्नुपूर्व भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मिथुन
यो सातामा समय प्रतिकूल भई कुलतमा मन जानेछ साथै पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । भोगविलासमा मन जानेछ । साताको पहिलो दिनबाट हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व मृत्युञ्जय भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । नयाँनयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । श्रममूलक काममा मन जानेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि सिद्धि विनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।
सिंह
लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मिहिनेतीहरूका लागि दिनहरू फलदायी नै रहनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । राज्यबाट मानसम्मान मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । यो साताका लागि शुभअङ्क ५ र शुभरङ रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि गणेशजीको स्मरण गरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।
कन्या
कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । घरजग्गाको काम बन्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
तुला
यो साता समय, नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । साताको अन्त्यबाट न्यायिक कार्यमा सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । पारिवारिक सद्भाव बढ्नेछ । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।
वृश्चिक
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ५, ७ र शुभरङ रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि कार्यविनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।
धनु
नयाँ काम वा रोजगार पाइनेछ । साझेदारीमा गरेको कार्यबाट आर्थिक लाभ मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनु राम्रो हुन्छ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आफ्नो इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।
मकर
यो सातामा मनमा देखिने अस्थिरता तथा अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । मुखलाई नियन्त्रणमा राख्नुहोला । सोेमबारबाट एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । दाजुभाइ र बन्धुबान्धवले सकेको सहयोग गर्नेछन् । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ सुन्तला वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महादेवको आराधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ
नयाँनयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । धर्र्म तथा समाजसेवामा मन लाग्नेछ । जोस। जाँगर र हिम्मत बढ्नेछ । साताको अन्त्यमा शरीरमा स्फुर्ती र उमङ्गको कमी हुनेछ । आलस्य र थकानको अनुभूति हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । यो साताका लागि शुभअङ्क २, ३ र शुभरङ कलेजी हो । कुनै शुभकर्म गर्नुअघि हनुमान्जीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
मीन
रमणीय र सुखद यात्राको योग छ । आँटेकोे र ताकेको कार्य पूरा होला । सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । रोकिएका कामसमेत सम्पादन हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ गाढा पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शनगरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
प्रतिक्रिया