सुमोको ठक्करबाट महिलाको मृत्यु

सुमोको ठक्करबाट महिलाको मृत्यु


गएराति सिनामंगलमा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

दोलखा स्थायी घर भई हाल सिनामंगल बस्दै आएकी ४७ वर्षीया गोमा भुजेललाई पैदलयात्राका क्रममा सिनामंगलस्थित प्रहरी चौकीनजिकै ना.१ज ४२५० नम्बरको टाटा सुमोले राति करिब १० बजे ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भुजेललाई उपचारका लागि स्थानीय काठमाडौं मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा राति १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारीसाधन र चालक सानेपा चौकीस्थित प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।