‘लुम्बिनी ट्रक’को नयाँ भवनको उद्घाटन

‘लुम्बिनी ट्रक’को नयाँ भवनको उद्घाटन


पुनहरि बेल्बासे, भैरहवा

लुम्बिनी ट्रक यातायात व्यवसायी संघ भैरहवाले आज एक कार्यक्रमका बीच नवनिर्मित भवनको उदघाटन गरेको छ । २०६७ सालमा स्थापना भएको उक्त समितिले समय समयमा हुने आरोह-अवरोह पार गर्दै आज तीनतले भवनको उद्घाटन गर्न सफल भएको हो ।

सरकारले मुलुकभरका यातायात व्यवसायी समिति खारेज गर्ने भनी बैंक खाता रोक्का गरेको निर्णय आधारहीन भएको बताउँदै समितिलाई पहिला विकल्प दिएर मात्रै समिति खारेज गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि तथा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठले बताए ।

राज्यले विकल्प खोजेर समिति खारेज प्रक्रिया अगाडि बढाएको भए सहज हुने थियो । सरकारसँग खारेज गर्ने भन्ने मात्रै नीति छ, गाडी दुर्घटना भएमा कसले जिम्मा लिने ? घाइतेको उपचार खर्च राज्य ३ लाख भनेको छ, घाइतेले १०-१२ लाखको बिल पेश गर्छन् त्यसको जिम्मेवारी को हुने ? सरकारको यो नीतिले भारतीय गाडीलाई प्रोत्साहन र नेपाली गाडीलाई अपहेलना गरेको संघका अध्यक्ष बिष्णुप्रसाद खरेलले बताए ।

राज्यले कसले सिन्डिकेट लागु गरेको छ भन्ने पहिचान नगरी स्वतन्त्र रुपमा देशभरि चल्दै आएका ट्रक व्यवसायीलाई समेत बैंक खाता रोक्का गरेर व्यवसायीलाई दुःख दिएको बताउँदै राज्यले बनाएका नीतिहरुलाई आत्मासाथ गर्दै लुम्बिनी ट्रक यातायात व्यवसायी चल्ने संघका महासचिव रुमाखर गौतमले बताए ।