स्काभेटर बोकेको ट्रक सप्तकोसीमा खस्दा दुईको मृत्यु

स्काभेटर बोकेको ट्रक सप्तकोसीमा खस्दा दुईको मृत्यु


पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोसीमा आज ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम चौधरी र सुनसरीकै बराहा नगरपालिका–१ चतरा बस्ने विनोद बराइली रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका अन्य सातजनालाई विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक सिंहले बताए ।

हेटौँडाबाट विराटनगरतर्फ जाँदै गरेको ना.४ ख ३५६ नं. को ट्रकमा को.१ क १०४३ नं. को स्काभेटर ‘लोड’ गरी जाँदै गरेको अवस्थामा सप्तकोसी नदीमा खसेको थियो ।