पोर्चुगलसँगको हारसँगै मोरक्को विश्वकपबाट बाहिरियो

पोर्चुगलसँगको हारसँगै मोरक्को विश्वकपबाट बाहिरियो


फिफा विश्वकप फुटबल समुह ‘बी’अन्तर्गत भएको दोश्रो खेलमा पोर्चुगलले मोरक्कोलाई १–० ले पराजित गरेको छ । खेल शुरु भएको चौथो मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोेले हेडबाट गोल गर्दै पोर्चुगललाई विजय दिलाएका हुन् । यो विश्वकपमा रोनाल्डोको यो चौथो गोल हो । यसअघि लिगचरणमा स्पेनका विरुद्ध रोनाल्डोले ३ गोल गरेका थिए ।

पोर्चुगलसँग पराजित भएपछि मोरक्को विश्वकपबाट वाहिरिएको छ । यसअघि मोरक्को इरानसँगको पहिलो खेलमा पराजित भएको थियो । उक्त खेलको अन्तिम समयमा मोरक्कोले आत्मघाती गोल गर्दै इरानलाई तीन अंक सुम्पिएको थियो ।

मोरक्कोविरुद्ध निर्णायक तथा विजयी गोल गरेपछि क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा बढी गोल युरापियन खेलाडी बन्न सफल भएका छन् । साथै विश्वकप चार वा त्यो भन्दा बढी गोल गर्ने खेलाडी पनि बनेका छन् । रोनाल्डोले अन्तर्राष्ट्रियस्तरमा अहिले सम्म ८५ गोल गरेका छन् ।

पोर्चुगलले पहिलो हापको चौथो मिनेटमा पाएको कर्नर किकको सदुपयोग गर्दै १–०ले अग्रता लिएको थियो । बर्नाडो सिल्वाले हानेको कर्नर कीकलाई रोनाल्डोले हेडद्वारा उत्कृष्ट गोल गरेका थिए । पछि यहि गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितसँगै पोचुर्गलले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

खेलको पहिलो हापमा एक गोल भएपनि दोश्रो हापमा गोल हुन सकेन् । दुवै टीमले थुप्रै गोल गर्ने अवसर प्राप्त गरे गोल गर्न असफल भएका थिए । खेलको अन्तिम समयमा मोरक्कोलाई गोल गर्ने अवसर प्राप्त भएपनि गोल गर्न सकेन ।