लण्डन – हिजो इस्काईपमा साथीहरुसंग च्याट गरिरहेको बेला एक जना किशोर भयभित भएका साथीहरुको सामने लागू औषधि सेवनबाट ओभरडोज भएर मृत्यु भएको समाचार प्राप्त भएको छ । १७ वर्षीय प्याट्रिक म्याकमलेन क्याम्ब्रिज विश्वविद्यालयमा पढ्ने सपना बोकेका थिए । तर, एक्ज्ट्याजी र एलएसडीको लतमा फसेर आधाग्राम भन्दा बढि एक्ज्ट्याजी र तीन ट्याबलेट एलएसडी एकैसाथ खानाले उनको मृत्यु भएको थियो । १७ वर्षीय किशोरले कुख्यात भूमिगत सिल्करोड वेबसाइटबाट बिक्रि गरिने केटामिन पनि खाएको कुरा उनले साथीहरुलाई बताएका थिए । पडल्टन, डरसेट स्थित उनको घरमा एम्बुलेन्स क््रयू आउँदासम्म उनको मृत्यु भई सकेका थियो । मृतककी आमा कोलेट, एउटा कम्पनीकी निर्देशकले सम्वाददाताहरुलाई, “छोराले लागू औषधी बारे आफूलाई यस विषयमा ज्ञान भएको र यसले त दिमाग बढाउँछ भन्दै लागू औषधि सेवन गर्न छाड्दै छाडेन” भनेकी छिन् । गत अगस्त महिनामा उनका बुवाआमा बाहिर छुट्टीमा गएको बेला प्याट्रिकले साथीहरुलाई आफूसंग विशेष उच्च गुणस्तरीय लागू पदार्थ भएको कुरा बताएका थिए । प्याट्रिकलाई उनी लगातार एलएसडी र गाँजा सेवन गर्ने तथा लागूपदार्थको कारोबारमा संलग्न रहेकोले गर्दा स्कुलबाट निकाला गरिएको थियो । डरसेटका कोरोनर शेरिफ प्येइनले आफूलाई लागू औषधि सेवन गर्दा अति आत्माविश्वास राख्ने जवान ठिट्टो अधिक लागू औषधि सेवन गरेर मृत्यु हुनु यो एउटा दुःखदायीपूण घट्ना हो भनेका छन् ।
प्रतिक्रिया