खातामा रकम आएपछि आन्दोलन स्थगित

खातामा रकम आएपछि आन्दोलन स्थगित


राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा पाउनुपर्ने माग राख्दै गत सोमबारदेखि जारी आन्दोलन स्थगित भएको छ । तत्काल मुआब्जा वितरणका लागि दुई अर्ब आयोजनामा आएपछि आन्दोलन स्थगित गरिएको आन्दोलनरत पक्षले जनाएको छ ।

मुआब्जा वितरणका लागि दुई अर्ब आइसकेको र तत्काल वितरण शुरु गरिने निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले जानकारी दिएका छन् । मुआब्जा पाउने भएपछि स्थानीयवासीले गरेको आन्दोलन फिर्ता लिएसँगै विमानस्थलको निर्माण कार्य पुरानै गतिमा सञ्चालन भएको पनि उनले बताए ।

अर्थमन्त्रालयबाट एक महिना अगाडि नै मुआब्जा वितरणका लागि पाँच अर्ब निकासा भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले उक्त मुआब्जाको रकम आयोजनाको खातामा नपठाएका कारण पीडितले मुआब्जाको माग गर्दै तीन दिनदेखि आन्दोलन गर्दै आएका थिए । उनीहरुले नाराबाजी गर्दै गौतमको राजीनामासमेत माग गरेका थिए ।