लक्षित समुह विकास कार्यक्रमलाई एनजीओकरण गरेपछि…

लक्षित समुह विकास कार्यक्रमलाई एनजीओकरण गरेपछि…


राजविराज । सप्तरीको अग्नीसाइर कृष्णा सोवरण गाउँपालिकाले लक्षित समुह विकास कार्यक्रमलाई एनजीओकरण गरेको भन्दै नेपाल आदीवासी जनजाति महासंघले गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीको ध्यानाकार्षण गराएको छ ।

महासंघको गाउँपालिका अध्यक्ष कल्पना चौधरीको नेतृत्वमा गएको एक टोलीले गाउँपालिका कार्यालय पुगेर ध्यानाकार्षण—पत्र बुझाउँदै आफुहरुको खोसिएको आधिकार पुनर्स्थापना गर्न माग गरेका छन् ।

आदिवासी जनजाति, मधेशी, दलित, महिला बालबालिका लगायतको लक्षित समुह विकास कार्यक्रमलाई लक्षित समुदायबाट वन्चित गरी गैरसरकारी संस्थामार्फत लागू गराउने स्थानीय सरकारद्वारा गरिएको निर्णयविरुद्ध स्थानीय सरकारको ध्यानाकर्षण गराएको आदिवासी जनजाति महासंघ अग्नीसाइर कृष्णा सवरणका अध्यक्ष कल्पना चौधरीले बताइन् ।

जनप्रतिनिधिविहीन अवस्थामा समेत लक्षित समुदायललाई प्राप्त हुँदै आएको अधिकार खोसेर स्थानीय सरकारले लक्षित समुदायमाथि विभेद गरेकोले वाध्य भएर आफ्नो अधिकार सुनिशचितताका लागि ध्यानाकर्षण गराएको उनले जनकारी दिइन् ।

ध्यानाकअर्षण पत्र बुझाउँदै महासंघका पदाधिकारीहरुले न्याय र समानताका लागि उठाएका माग तथा सवालहरुलाई विभिन्न वहानामा बेवास्था गरिए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष चौधरीले ऐन कानुनले दिएको अधिकार प्रत्यायोजन गर्दै आदिवासी जनजाति लक्षित समुदायको अधिकार सुनिश्चित गर्ने वताए । उनले आगामी नीति तथा कायृक्रममा लक्षित समुदायको अधिकार सहितको कार्यक्रम ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।

ध्यानाकर्षण पत्र वुझाउने क्रममा आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ, थारु कल्याणकारिणी सभा सप्तरीका सभापति अरुण कुमार चौधरी, नेपाल आदिवासी जनजाति यूवा महासंघ सप्तरीका उपाध्यक्ष सुर्यामान तामाङ, थारु महिला सभा सप्तरीका सभापति संतोषी कुमारी चौधरी, आदिवासी जनजाति महासंघसंग आवद्ध जातिय संगठनका प्रतिनिधि, विभिन्न वडाका अध्यक्ष एवम प्रतिनिधीलगायतका आदिवासी जनजाति अगुवाहरुको उपस्थिति रहेको थियो ।