प्रधानमन्त्री ओलीद्वारा गरे सीपीसी स्कुलको संग्रहालय अवलोकन

प्रधानमन्त्री ओलीद्वारा गरे सीपीसी स्कुलको संग्रहालय अवलोकन


प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार चाइना कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्र्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरे ।

सीपीसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओलीले उक्त संग्रहालयको अवलोकन गरेका हुन् । संग्रहालयमा चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास भल्काउने विविध सूचनासहितको सामग्री राखिएका छन् ।

अवलोकनका क्रममा उहाँका धर्मपत्नी राधिका शाक्यसहित भ्रमण दलमा सहभागी मन्त्रीहरू, सांसद र सरकारी उच्च अधिकारीको सहभागिता थियो । यस संग्रहालयमा कम्युनिस्ट नेताले आफ्ना कार्यकर्तालाई कसरी अनुशासित गर्ने तथा पार्टीबारे कसरी प्रशिक्षित गर्ने भन्ने कुरा झल्काइएको छ ।

पार्टीको संगठनका विषयमा कुन विषय सही र कुन गलत हो भन्ने विषयबारे जानकारी गराइनेबारे तस्बिर तथा यहाँ संग्रहित वस्तुले जानकारी दिन्छ ।

माओका विचारलाई अगाडि बढाउने र चिनियाँ विचार तथा शैलीसहितको समाजवादको विकास कसरी गर्ने भन्ने विषयमा पनि यस संग्रहालयले जानकारी दिन्छ । प्रधानमन्त्री ओलीले पार्टी स्कुल विभागको आयोजनामा विकास र समृद्धिमा राजनीतिक दलको भूमिका विषयमा प्रवचन दिए । ओलीले आजै चीनका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।