कांग्रेस नेता भट्टराईलाई मस्तिष्कघात

कांग्रेस नेता भट्टराईलाई मस्तिष्कघात


नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईलाई मस्तिष्कघात भएको छ । उनको अहिले थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

सात दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सो अस्पताल पुऱ्याइएको थियो ।

अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ । सिटी स्क्यान रिपोर्ट आएपछि मात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

स्नायु रोग विशेषज्ञ डा. राजीव झासहितको टोलीले नेपा भट्टराईको उपचार गरिरहेको अस्पतालले जनाएको छ ।