गायक उदीतनारायणको घरमा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु

गायक उदीतनारायणको घरमा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु


सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– १ भारदहस्थित गायक उदीतनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक भारतीय मजदुरको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको छ ।

भारतको सुपोल जिल्लाको भटनियानिवासी २५ वर्षीय सञ्जीवकुमार यादवको घरमा निर्माणसम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

गायक झाको घरमा नयाँ घर निर्माण गर्ने क्रममा रड सोझ्याउने क्रममा यादवलाई ३७ हजार भोल्ट भएको विद्युतीय तारले छोएको थियो ।

उपचारका लागि भारदहस्थित अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।