– दीपेन्द्र पाण्डे
माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड र देउवाको कमजोरीमा ठडिएको ओली छवि नाकाबन्दीको ‘युरिया’ले हलक्कै बढ्न पुग्दा नेपाली राजनीतिका बाँकी खेलाडी ओलीसामु पुड्का बन्न पुगे । मोदीसत्ताको असफल नेपालनीतिको भरपूर फाइदा लुट्न गरिएको सपनाको उत्पादन र वितरण जनतामाझ लोकप्रिय बनाउँदै प्रचण्डजस्ता मौसमी खेलाडीलाई रक्षात्मक बन्न बाध्य पारे । सत्ता र शक्तिको निम्ति खेलिएका उचित, अनुचित खेललाई संसदीय राजनीतिको सौन्दर्य मान्दै प्रचण्डप्रतिको पूर्वधारणालाई स्थगित गर्दै सत्ता–साझेदारी गर्न राजी भए । फलस्वरूप विगतमा बन्सोझैँ मौलाएको लोकप्रियताले प्राप्त सत्ता र शक्तिले भुइँ छोडेका प्रधानमन्त्री ओली सुकरातको ऐनालाई बोझ मान्दै छन् ।
दार्शनिक सुकरातको बाहिरी रूप अत्यन्त कुरूप थियो । उनी एक दिन आफ्नो कुरूप अनुहार ऐनामा हेर्दै थिए । ठीक त्यही समय एक शिष्य उनको कोठामा प्रवेश गरे । सुकरातले ऐना हेरेको शिष्यलाई अनौठो लाग्यो । शिष्य केही बोलेनन् । सिर्फ हाँसी मात्र रहे । विद्वान् सुकरात शिष्यको हँसाइ देखेर आफैँ हाँस्न पुगे । केही समयपश्चात् सुकरातले शिष्यलाई भने । म तिमी हाँस्नुको मतलब राम्रोसँग जान्दछु, बुझ्दछु । शायद तिमी सोचिरहेका छौ । मजस्तो कुरूप मानिस किन ऐना हेरिरहेको छु ? शिष्य केही बोलेन । उसको शिर लाजले झुकी मात्र रह्यो । सुकरात फेरी बोल्न शुरु गरे । शायद तिमी जान्दैनौ । म किन ऐना हेर्ने गर्छु ? शिष्यले भन्यो । म जान्दिनँ ।
सुकरातले भने । ‘म कुरूप छु । त्यसैले हरेक दिन ऐना हेर्ने गर्छु ।’ ऐना हेर्ना साथ मलाई आफ्नो कुरूपताको ज्ञान भइरहन्छ । म हमेसा आफ्नो कुरूप रूपको याद राख्न चाहन्छु ता कि म अधिकभन्दा अधिक राम्रो काम गर्न सकुँ र आफ्नो कुरूपता ढाक्न सकुँ । शिष्यलाई यो कुरो अत्यन्त शिक्षाप्रद लाग्यो । परन्तु, उसले एउटा शंका प्रकट गऱ्यो ।’ तब गुरुजी, यो तर्कअनुसार सुन्दर मानिसलाई ऐनाको जरुरत पर्दैन त ? ‘यस्तो कुरा होइन !’ सुकरातले शिष्यलाई सम्झाउँदै भने । सुन्दर मानिसले झन् ऐना हेर्नुपर्छ । किनकि उनीहरूलाई याद रहोस् कि ऊ जति सुन्दर छ । त्योभन्दा बढी सुन्दर काम गरोस् । कहीँ नराम्रो कामले उसको सुन्दरता नछोपिदेओस् । जसले उसलाई कुरूप नबनाओस् ।
पूर्वमाओवादी केन्द्रको नकारात्मक पुँजी ओलीको झोलीमा परिसकेको छ । विगतमा माओवादी केन्द्रको कमजोरी रहेको माडी संहार, यदु गौतम, डेकेन्द्र थापा, पण्डित नारायण पोखरेल, शिक्षक अधिकारीको हत्या मात्र होइन असंख्य भाटेकारबाही, लुटपाट, आगजनी र ध्वंस ओलीको समेत सम्पत्ति बन्न पुगेको छ ।
वर्तमान नेपालको संविधानले स्वीकार गरेको संसदीय पद्धतिमा कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिएको पाइन्छ । प्रधानमन्त्रीको नेतृत्वमा बन्ने मन्त्रिपरिषद् सदस्यले बोल्ने, गर्ने कार्यलाई प्रधानमन्त्रीले हस्तक्षेप र नियन्त्रण नगर्नुको मतलब उनको समर्थन रहेको बुझ्नुपर्दछ । ओली मन्त्रिपरिषद् सदस्यहरू हावादारी शैलीमा लगामबिनाको बन्दै प्रधानमन्त्रीको सपनारूपी मार्ग हुबहु पछ्याउन मरिहत्ते गरेका असंख्य प्रमाणले छापाहरू रंगिएका छन् । धुलोमुक्त काठमाडौं, खाल्डोमुक्त सडक, समस्यारहित अन्तर्राष्ट्रिय एयरपोर्ट, सुरुङमार्गबाट बंगलादेश जोडिने घोषणा, यातायात क्षेत्रको सिन्डिकेट नतिजाअगावै स्थगित, अनेक माथापच्ची र घोषणाको बाबजुद सुनकाण्डको ठूला माछा कानुनको नजरमा नपर्नु, कानुनले डामेका व्यक्तिलाई सरकारी उन्मुक्ति, सम्पत्ति विवरणमा मन्त्रीको असभ्य प्रस्तुति, अनियन्त्रित मूल्यवृद्धि, सेताहात्ती पाल्न जनतामाथि लादिएको अनुपयुक्त करको बोझले ओलीलाई सुकरातको ऐना हेर्नै नपर्ने अवस्थामा पु¥याएको छ ।
झापा आन्दोलनको दागलाई बल्लतल्ल पखाल्न सफल पूर्वएमाले पार्टीलाई भीमकाय नेकपा बनाउँदै सत्तामा टिक्ने लालसाले पूर्वमाओवादी केन्द्रको नकारात्मक पुँजी ओलीको झोलीमा परिसकेको छ । विगतमा माओवादी केन्द्रको कमजोरी रहेको माडी संहार, यदु गौतम, डेकेन्द्र थापा, पण्डित नारायण पोखरेल, शिक्षक अधिकारीको हत्या मात्र होइन असंख्य भाटेकारबाही, लुटपाट, आगजनी र ध्वंस ओलीको समेत सम्पत्ति बन्न पुगेको छ । सत्ता प्राप्तिको आन्दोलनमा सडकमार्फत उठाइने लोकप्रिय नाराहरू जनवादी शिक्षा, सर्वसुलभ शिक्षा, सस्तो सुलभ पसल, धुँवाधुलोमुक्त काठमाडौं, महँगी नियन्त्रण, भ्रष्टाचाररहित प्रशासन, ढिलासुस्ती, अन्याय, अत्याचार, घुसखोरी, मिसावट, कालाबजारीजस्ता मुद्दा र भाषणको ओठेजवाफबाहेक नतिजा शून्य देखिन्छ ।
निर्वाचनको सिलसिलामा बोलेका कुरा, विभिन्न व्यक्तिलाई दिएको आश्वासन, वृद्धवृद्धालाई दिएको वचनलाई चटक्क बिर्सने कार्य निक्कै महँगो पर्दै छ । धनी र अतिरिक्त आम्दानी गर्न सक्ने वर्गलाई खासै फरक नपार्ने तर मिडिल क्लास फेमिलीलाई ‘सलमडग’ बनाउने मूल्यवृद्धिले ओली सरकार कुन वर्गको निम्ति काम गर्दै छ ? गम्भीर सवाल पैदा भएको छ ।
कम्युनिस्ट पार्टीभित्र असंख्य पेटी–ठेकेदार रहेको प्रचण्डको स्वीकारोक्ति, शरीर मात्र ठूलो रूप र गुण पखालिँदै गएको नेकपाको वर्तमान अवस्थालाई गोबरको थुप्रोसमान मान्ने झलनाथ खनालको तिखो टिप्पणीले प्रधानमन्त्री ओलीलाई छुँदैन । नाकाबन्दी तोड्न सक्ने ओली आफ्नै गुटको घेराबन्दी तोड्न नसक्दा केवल ढोँगी ‘बाबा’जस्तै बन्न पुगेका छन् । अरूलाई ज्ञान, धर्म, अनुशासन सिकाउन अगाडि सर्छन्, तर आफूमा लागू गर्दैनन् । जथाभावी नखानु, जताततै नजानु भन्ने ओली खुद ठेकेदारको घरमा खाना खाएको फोटो देख्न चाहँदैनन् । चिया र बिस्कुट खाँदै श्रीमती भित्र्याएका ओली विगत केही समयदेखि केक काट्दै जन्म स्मृति मनाउन मरिहत्ते गर्छन् ।
त्यति मात्र होइन, आफूलाई अत्यन्त सादगी मान्ने माधव नेपाललाई समेत बिटुलो बनाउन चुक्दैनन् । कम्युनिस्ट पार्टीको सरदार बन्दै घरमा निर्णय गर्छन् । स्थायी समितिमा अनुमोदनको निम्ति सुनाउँछन् । घोषणापत्र, नीति तथा कार्यक्रम र बजेटलाई प्रेमपत्र सम्झन्छन् । आफू दाता र बाँकी सब माग्ने सम्झने प्रधानमन्त्री ओली शैलीलाई अनुमोदन गर्ना साथ बालुवाटारमा खसी काटेर खुवाउँछन् । केवल आफ्नो लहडबाजीलाई सही मान्दै मन्त्री पद पुरस्कारमा दिन्छन् । उनका भक्तहरूको गुट, क्षेत्र र जिल्लामुखी स्टण्ट बाजीलाई विरोध नगर्न उर्दी जारी गर्छन् ।
बोलेको कुरा पुऱ्याउने छवि निर्माण गरेका ओली मन्त्रिपरिषद् निर्माणताका नै चुकेको मान्न सकिन्छ । निर्वाचनको सिलसिलामा बोलेका कुरा, विभिन्न व्यक्तिलाई दिएको आश्वासन, वृद्धवृद्धालाई दिएको वचनलाई चटक्क बिर्सने कार्य निक्कै महँगो पर्दै छ । धनी र अतिरिक्त आम्दानी गर्न सक्ने वर्गलाई खासै फरक नपार्ने तर मिडिल क्लास फेमिलीलाई ‘सलमडग’ बनाउने मूल्यवृद्धिले ओली सरकार कुन वर्गको निम्ति काम गर्दै छ ? गम्भीर सवाल पैदा भएको छ । विगतमा सपना बेचेर चम्किएको ओली राजनीति वर्तमानमा गरिबी बेच्न तम्सिँदा सिङ्गो मन्त्रिपरिषद् ‘लालबाबु’ बन्दै छ । समाजवादउन्मुख संविधानको जगमा प्रधानमन्त्रीको कुर्सीमा विराजमान ओली पुँजीवादी शासककै शैलीमा जनताको ढाड सेक्न तयार हुनुले विगतमा कमाएको पुँजी ओरालो लागेको सेयरबजारजस्तो बन्दै छ । विज्ञ अर्थमन्त्रीको नुनबेसारबिनाको बजेटसँगै बढेको महँगीलाई बेवास्ता गर्ने उनको हुकुमी शैली, बजेटविरुद्ध नबोल्न जारी गरिएको फर्मानले विगतमा सत्ता प्राप्तिको निम्ति अनेकौँ घाटको पानी पिउँदासमेत नघटेको मान, सम्मान सत्ता उन्मादमा धुलिसात हुँदै छ ।
केवल रेल गुडेको भरमा समृद्धि, उन्नति, प्रगति, सुशासन, विकास आउने भए हाम्रै छिमेकी देश भारत आज विश्वकै समृद्ध देशमा गनिने थियो । भारत र चीनको आश्वासन र रेलले समृद्धि आउँदैन । कुशासन रोक्दै जनतासँग सहकार्य गर्दै लोकतन्त्रको जगमा शुरु गरिने राष्ट्रिय गौरवको महत्वाकाङ्क्षी आयोजनाबाट मात्र समृद्धि सम्भव छ भन्ने बुझ्न ओलीले चाहेको देखिएन ।
चरम आर्थिक असमानता र सुनियोजित गरिबीले मौलाएको राजनीतिको जगमा जन्मने सपनाहरू मुलुकले थेग्न नसक्ने गरी वितरण गरिँदै छ । देश बनाउने सपना बेच्नेजति राजनीतिमा खपत भइरहेको वर्तमान अवस्थामा दैनिकी चलाउन छटपटिनेजति वैदेशिक भूमिमा भौँतारिएको देख्न, बुझ्न र जान्न नसक्नेहरूको उटपटाङ शैली अझै बिक्दै छ । डर, सपना र गरिबी बाँडेर आफू सम्पन्न हुने लोकतन्त्रमा पुँजीवादीदेखि साम्यवादीसम्मले भरपूर फाइदा लुटेको कटुसत्य कसरी लुक्न सक्छ र ?
केवल रेल गुडेको भरमा समृद्धि, उन्नति, प्रगति, सुशासन, विकास आउने भए हाम्रै छिमेकी देश भारत आज विश्वकै समृद्ध देशमा गनिने थियो । भारत र चीनको आश्वासन र रेलले समृद्धि आउँदैन । कुशासन रोक्दै जनतासँग सहकार्य गर्दै लोकतन्त्रको जगमा शुरु गरिने राष्ट्रिय गौरवको महत्वाकाङ्क्षी आयोजनाबाट मात्र समृद्धि सम्भव छ भन्ने बुझ्न ओलीले चाहेको देखिएन ।
समृद्धिको निम्ति अत्यावश्यक आधारभूत संरचनाको निर्माण, स्वास्थ्य र शिक्षामा नीतिगत र संरचनागत आमुल परिवर्तन, लगानीको अवसर, रोजगारी बढाउँदै जनताको आयस्तर बढाउनु हो । दुर्भाग्यबस ओली रोजाइको विज्ञ अर्थमन्त्रीले ओली सपना बजेटमा समेट्ने जाँगर चलाएको कतै भेटिएन । कुरूपले हेर्नुपर्ने सुन्दरले अझ धेरै हेर्नुपर्ने सुकरातको ऐना सत्तास्वादमा ओलीलाई घाँडो साबित हुँदै छ ।
समृद्धिको ज्वरोले तातेका प्रधानमन्त्री ओली जनतालाई कुनै शीतलता दिन असमर्थ हुँदा सुकरातको ऐनालाई दुश्मन देख्दै छन् । जनतालाई बुझाइएअनुसार कम्युनिस्ट भनेको गरिबको पार्टी हो । गरिबी बढाएर कम्युनिस्ट जोगाउने नीति ओलीको होइन भने छिटोभन्दा छिटो सुकरातको ऐना बालुवाटार र सिंहदरबारमा राख्नुपऱ्यो । अन्यथा समृद्धिको पानीजहाजमा नेकपा, लोकतन्त्र र ओली-सपना पानी नभएको स्थानमा डुब्नेछ ।
प्रतिक्रिया