कात्तिके सामुदायिक वनमा भिषण आगलागी

कात्तिके सामुदायिक वनमा भिषण आगलागी


संखुवासभाको खाँदबारी नगरपालिका-१०, चन्दनपुरको सामुदायिक वनमा बिहीबारदेखि भिषण आगलागी भइरहेको छ । कात्तिके सामुदायिक वनमा आगलागी भएको र नियन्त्रणको प्रयास अझै सफल हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी चन्दनपुरबाट प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको नेतृत्वमा प्रहरी टोलि परिचालित भइरहेको छ ।

स्थानीय बासिन्दासमेतको सक्रिय सहभागितामा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि आगलागी हालसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा ल्याउन नसकेको स्थानीयको भनाइ छ ।