टिपरले लियो स्कुटरसवारको ज्यान

टिपरले लियो स्कुटरसवारको ज्यान


अनियन्त्रित तवरले चलाएको टिपरले ठक्कर दिँदा आज विहान एक स्कुटर चालकको मृत्यु भएको छ । घटना भक्तपुरको मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडिको हो । विहान करिव ५ः३० बजे पेप्सिकोलाबाट सानोठिमीतर्फ गइरहेको बा ६६प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशामा दौडिरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक चेलाङ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्दै आएका ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तीव्र गतिमाको टिपरले पछाडिबाट ठक्कर दिएकोले स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको बुझिन्छ । घटनास्थलबाट फरार टिपरलाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिएको थियो । टिपरसहित चालक ३० वर्षीय राजन खड्गीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।