अर्जेन्टिना विश्वकपबाट बाहिरिने खतरा

अर्जेन्टिना विश्वकपबाट बाहिरिने खतरा


फिफा विश्वकप फुटबलको समुह ‘डि’अन्तर्गतको दोश्रो खेल अर्जेन्टिना र क्रोएसियाबीच भएको थियो । विश्ककपकै हाइभोल्टेज मानिएको खेलमा कसले मार्ला अनुमानकै विषय बनेको थियो ।

तर, क्रोएसियाले उत्कृष्ट खेलको प्रदर्शन गर्दै विश्वकपको प्रमुख दाबेदार मानिएको अर्जेन्टिनालाई पराजित गरेर विश्वकपको परिणाम उलेटफेर गरिदिएको छ । क्रोएसियालेले अर्जेन्टिनालाई ३–० ले पराजित गरेपछि यस्तो अवस्था निम्तिएको हो । यो विजयसँगै क्रोएसिया सन् १९९८ को फिफा विश्वकपपछि पहिलोपटक अन्तिम १६ मा पुग्न सफल भएको छ ।

पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको अर्जेन्टिना क्रोएसियासँगको पराजयपछि विश्वकपबाट बाहिरिने खतरा बढेको छ । यतिबेला समुह ‘डी’को अंक तालिकामा अर्जेन्टिना तेश्रो स्थानमा रहेको छ । आज असार ८ गते शुक्रबार आइसल्याण्ड र नाइजेरियाबीच हुने खेलको परिणामले अर्जेन्टिनाको भाग्य निर्धारण गर्नेछ ।

आज आइसल्याण्ड र नाइजेरियाबीच हुने खेलमा आइसल्याण्डले जिते अर्जेन्टिना लगभग विश्वकपबाट बाहिरिने छ । यदि नाइजेरियाले जिते अर्जेन्टिनाको लागि राहत हुनेछ । यो खेल ‘ड्र’ भएपनि अर्जेन्टिनाको लागि समस्या नै खडा गर्ने छ । किनकि यदि आइसल्याण्डले क्रोएसियालाई पराजित गरेको खण्डमा आइसल्याण्डको ५ अंक हुनेछ, जुन तेश्रो खेलमा अर्जेन्टिनाले नाईजेरियालाई पराजित गर्दा समेत उक्त अंक हासिल गर्न सक्ने छैन ।

नाइजेरियामाथि विजय हासिल गर्दा पनि अर्जेन्टिनाको मात्र ४ अंक मात्र हुनेछ । त्यसैले अर्जेन्टिना अन्तिम १६ मा पुग्न सर्वप्रथम तेस्रो खेलमा नाईजेरियालाई ठूलो गोल अन्तरले पराजित गर्नुपर्ने बाध्यता छ । त्यसपछि क्रोएसिया र आइसल्याण्डबीच हुने खेलको परिणाम कुर्नुपर्नेछ ।

पहिलो हापमा क्रोएसियाले आफ्नो आक्रमक र डिफेन्सलाई निकै बलियो बनाउँदै अर्जेन्टिनामाथि धावा बोलेको थियो । परिणाम सो अवसरमा निकै सुन्दर गोल गर्ने अवसर पनि प्राप्त गरेको थियो । त्यस्तै अर्जेन्टिना आक्रमक शैलीमा प्रस्तुत भएपनि उसको कमजोर डिफेन्सका कारण पटक–पटक क्रोसियाको आक्रमणको सामना गर्नु परेको थियो । यसरी पहिलो हाप घम्साघम्सीमै गोलरहित समाप्त भएको थियो ।

खेलको दोश्रो हापमा दुवै टीमले गोल गर्ने प्रयास गर्दैगर्दा अर्जेन्टिनाका गोलकिपर काबालेरोले ठूलो गल्ती गरेका थिए । उनले डि बक्सबाट आफ्ना साथीलाई बल पास गर्न खोज्दा उक्त बल असंतुलित भएर क्रोएसियाका खेलाडीको खुट्टामा परेको थियो । यही बलको फाइदा उठाइदै क्रोएसियाका खेलाडी रेविकले उत्कृष्ट गोल गर्दै खाता खोलेका थिए । यहि गोल खेलको ‘नर्टिङ प्वाइन्ट’ बनेको थियो । रेविकले पहिलो गोल ५३ मिनेटमा गरेका थिए ।

एक गोलबाट पछि परेको अर्जेन्टिना त्यसपछि अझै आक्रमक रुपमा प्रस्तुत भएको थियो । तर अर्जेन्टिनाका सबै आक्रमण विफल पार्दै क्रोएसिया पनि सशक्त आक्रमणमा उत्रिएको थियो । परिणाम क्रोएसिया अन्य दुई गोल थप्न सफल भएको थियो । दोश्रो गोल ८० औं मिनेटमा मिडफिल्डर लुका मोडिकले निकै आकर्षक ढंगबाट गरेका थिए । लुकाले २५ यार्डवाट हानेको सुट अर्जेन्टिनाका २ खेलाडीको बीचबाट गोलपोस्टमा छिरेको थियो । त्यस्तै तेस्रो गोल ९१औं मिनेटमा अर्का मिडफिल्डर इवान रेकिटीकले गरेका थिए । यसरी समग्रमा ३ गोल गर्दै क्रोसिया अन्तिम १६ मा पुगेको थियो ।