करोडौँ ठगेर व्यापारी साह फरार

करोडौँ ठगेर व्यापारी साह फरार


बैंक तथा व्यापारीको करोडौँ रुपैयाँ लिएर फरार भएका वीरगञ्ज घन्टाघरका व्यापारी मुकेश साह तेली फरार भएपछि पर्सा प्रहरीले उनको खोजी गरिरहेको छ ।

मीनाबजार छेउमा रहेको नेपाल टेलिकम कार्यालयको पूर्वतर्फ शम्भु केशरीको घरमा किराना सामानको थोक पसल सञ्चालन गर्दै आएका मुकेश गत जेठ २० गतेदेखि बैंक तथा व्यापारीको करोडौँ रुपैयाँ लिएर परिवारसहित फरार भएका हुन् ।

मुकेशले वीरगञ्जको ग्लोबल आईएमई बंैकको एक करोड ३० लाख र अन्य थुप्रै व्यापारीको तीन करोड गरी चार करोड रुपैयाँ लिएर फरार भएको पर्सा प्रहरीले जनाएको छ ।

ग्लोबल आईएमई बैंकले मुकेशले सञ्चालन गरेको पसलको सटर तथा निजको घरमा सिलबन्दी गरी सेक्युरिटी गार्ड खटाइएको छ । फरार रहेका मुकेशको खोजी भइरहेको प्रहरीले जनाएको छ ।