प्रदेश २ का ५ सचिवको सरुवा, को कहाँ ?

प्रदेश २ का ५ सचिवको सरुवा, को कहाँ ?


प्रदेश २ का पाँचजना सचिवको एकैपटक सरुवा भएको छ । संघीय सरकारको सामान्य प्रशासन मन्त्रालयले उनीहरूलाई एकैपटक सरुवा गरेको हो ।

भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव कौशलेन्द्र झालाई र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. विजय झालाई प्रदेश ३ मा सरुवा गरिएको छ । उनको स्थानमा प्रदेश नम्बर ३ को सोही मन्त्रालयका सचिव क्रमशः जीवछ मण्डल र डा.वंशी शर्मा आउने भएका छन् ।

यसैगरी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विशुकुमार केसी सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् । उनको ठाउँमा सो प्रदेशकै सामाजिक विकास मन्त्रालयका सचिव डा. किरण रुपाखेतीलाई पठाइएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव देवीराम भण्डारी प्रदेश २ कै सामाजिक विकास मन्त्रालयमा सरुवा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुँयालले बताए ।