– गोपाल पराजुली
२०५१ साल भाद्र १२ गते म पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशबाट स्थायी न्यायाधीश भएँ । त्यो समयमा म पारिवारिक समस्याबाट गुज्रिरहेको थिएँ । मेरी पत्नी विणा बोनम्यारो सुक्ने रोग (Aplastic Anemia) बाट ग्रसित थिइन् । यस्तो विषम परिस्थितिमा पेशागत जिम्मेवारी र पारिवारिक दायित्वबीच सन्तुलन मिलाउनुपर्ने मेरो कठिनाई बुझेर तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले मेरो Posting दिपायलमा भएपनि पाटनमा नै काजमा राख्नुभएको थियो ।
२०५१ साल मंसीर ११ मा Blood cancer बाट पत्नी वीणाको देहावसान भयो र म विक्षिप्त जस्तै भएँ । मलाई काठमाडौँ बस्न पटक्कै मन लागेन । मेरो आग्रहबमोजिम काज फिर्ता भयो र म २०५२ साल भदौको पहिलो साता दिपायल गएँ । सामाजिक परिवेश र पारिवारिक दायित्वका कारण २०५२ साल माघ २० गते दिपायल बसाईँकै क्रममा विन्दु पौडेलसँग वैवाहिक जीवनमा गाँसिन पुगेँ । उनले व्यवस्थित गरिरहेको मेरो घर–परिवार र मेरो सामाजिक रुपान्तरणमा फेरि अकल्पनीय बज्र पर्यो । २०५४÷६÷१५ मा ढल्केवर नजिक भिमान भन्ने ठाउँमा भएको भयानक मोटर दुर्घटनामा उनको असामयिक निधन भयो । (मेरो पारिवारिक वियोगको विक्षिप्त प्रसङ्ग छुट्टै परिच्छेदमा उल्लेख गरेको छु । कुनै अर्कोपटक राखौँला) ।
दिपायलको Circuit Court महेन्द्रनगर थियो । दुवै अदालत हेर्नेगरी २०५२ भदौमा म दिपायलको लागि रमाना लिएर गएको थिएँ । दिपायल पुग्न निकै कठीन थियो । पहाडी ठाउँ त्यति सहज बाटो थिएन । हवाइ उडान पनि नियमित हुँदैन थियो । त्यतिवेला चाँहि म नेपालगञ्जबाट प्लेनमै गएको थिएँ ।
दिपायल र महेन्द्रनगर दुवै अदालतको जिम्मेवारीमा रहेकाले मलाई तराई पहाड आउजाउ गरिरहनुपर्दथ्यो । दिपायलबाट अत्तरिया कैलालीसम्म मोटर बाटो त थियो तर बडो अप्ठेरो । कतै गाडी फस्थ्यो । कतै हिँड्नुपर्दथ्यो । म डडेलधुराको सेउलीदेखी गोदावरीसम्म हिँडेको छु ।
एकपटक दिपायलबाट महेन्द्रनगर जानेक्रममा बाटोमा पर्ने अगुल्टेको लेकमा भोगेको सास्तीको पनि खुबै सम्झना आउँछ । अगुल्टेमा पैह्रो गएर केही क्षण यात्रा रोकियो । त्यहाँको विषेश परिकार खीर र सुकुटी खाएर अगाडी बढ्यौँ । तर अर्को पहिरोका कारण बाटो पुरै अवरुद्ध हुनपुग्यो । अगुल्टे कटेपछि एउटा गोठको ओतमा पुग्यौँ र त्यहीँ बास बस्यौँ । गुन्द्री ओच्छाइएको एउटा खाटमा ओढ्नेको भरमा रात काट्यौँ । साथमा वरिष्ठ अधिवक्ता थानेश्वर भट्ट पनि हुनुहुन्थ्यो । झरी र चिसोबाट जसोतसो जोगियौँ तर उपियाँबाट बच्न सकिएन । अनौठो र कष्टकर बसाईँ, जागीरे जीवन, त्यो विकट ठाउँ ! कि त यातायात ठप्पै भए अर्को विकल्प हुन्थ्यो । बाटो पनि छ, यातायात पनि छ तर अवरुद्ध भएपछि कसको के लाग्छ र ?
जिल्ला विकाश सभापतिको नाता पर्ने व्यक्ति रहेछन् । बाख्रा चराउन गएको एउटी विवाहित महिलालाई उनी समेत २–४ जनाले सामूहिक वलात्कार गरेछन् । तिमीहरू सवैको नाम भन्दिन्छु भनेर ती महिला चिच्याउन थालेपछि पोल खुल्ने डरले महिलालाई सुरुङमा कोचेर मारेछन् । माघले मारेको हो कि जस्तो देखिने गरी मारेका रहेछन् । मुद्दामा प्रमाण नभएको भन्ने आधारमा जिल्ला अदालतले सफाई दिएको रहेछ ।
दिपायल सुदुर पश्चिममा अलिक भिन्नै किसिमको हावापानी भएको ठाउँ थियो । गर्मीमा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्थ्यो । उता माथि सिलगढीतिर सँधै सिरक ओढ्नुपर्ने जाडो हुन्थ्यो भने तल पिपल्लाफाँटमा भने दिपायल अदालत भएको ठाउँभन्दा पनि गर्मी हुने !
दिपायलमा त्यो ताका १ रुपैँयामा २५–३० वटा कागति पाइन्थ्यो । २–३ रुपैँयामा त कागतिको एक बोतल रस नै पाइन्थ्यो । जोरायल भन्ने ठाउँको जोरायल बासमती चामल खुबै प्रसिद्ध थियो । भान्साबाट टाढैसम्म बास्ना फैलने र स्वादिलो पनि उस्तै ! त्यहाँका रैथाने भट्टकाजीहरूको दरबारसँग राम्रो सम्बन्ध थियो । सर्वोच्च अदालतका रजिष्ट्रार माधवदत्त भट्टको पैतृक थलो त्यहिँ भएकाले उहाँका परिवारहरूले न्यायाधीशहरूलाई सम्मान गरी कहिलेकाहिँ खाना खान बोलाउने र मित्रवत व्यवहार गर्ने गर्नुहुन्थ्यो । दिपायलमा रहँदा हाम्रा पहाडका जमिनका विविध व्यवस्था (कुटे, कोदाले, सेर्मा, गुठी, खान्की, खोरिया, इत्यादि)सँग परिचित हुने मौका पाएँ मैले ।
दिपायल बसाई सम्झँदा एउटा अर्को अनौठो दृष्य मेरो मस्तिष्कमा छाउँछ । जिल्ला सरकारी वकिलको कार्यालय रहेको भवन पछाडितिर माटोको ठूलो ढिस्को थियो । हरेक विहान स्थानीय महिलाहरू त्यहाँ रातो माटो लिन आउँथे । ती महिलाहरूले भित्तामा कुटोले खोप्दै माटो निकाल्थे र वरपर हेर्दै लुकाएर सुटुक्क त्यो रातो चिप्लो माटो मुखमा हाल्थे । मलाई अनौठो लाग्थ्यो त्यो दृष्य– मान्छेले कपाकप माटो खाएको । भोकले पनि होइन होला, रोग पनि होइन होला, खै किन हो अधिकांश महिलाले माटो खान्थे । कतिपयले ति गर्भवती महिलाहरू हुन् पनि भन्थे । जे भए पनि मान्छेले त्यसरी माटो खाएको मैले कहिल्यै कतै देखेको थिइनँ ।
दिपायलमा त्यति धेरै त म बसिनँ । तर कतिपय मुद्दा अविस्मरणीय छन् । अलि झनझटिला किसिमका मुद्दा हुन्थे त्यहाँ । पुराना नापीका मुद्दा थिए । खासगरी बाजुरा र बझाङका मुद्दाहरू त्यहाँ बढी थिए । केही मुद्दाहरू अलि असजिला प्रकृतिका हुन्थे । साँध, सीमाना, चौकिल्ला र तिरोबारे निर्णय र निष्कर्षमा पुग्न र जिम्मावालले दिएका रसिद कुनचाहिँ सक्कली कुन नक्कली छुट्याउन निकै गाह्रो हुन्थ्यो ।
एकपटक दिपायलमा एउटा अलिक सम्भ्रान्त परिवारको व्यक्तिको मुद्दा हेर्नुपरेको थियो । जिल्ला विकाश सभापतिको नाता पर्ने व्यक्ति रहेछन् उनी । बाख्रा चराउन गएको एउटी विवाहित महिलालाई उनी समेत २–४ जनाले सामूहिक वलात्कार गरेछन् । तिमीहरू सवैको नाम भन्दिन्छु भनेर ती महिला चिच्याउन थालेपछि पोल खुल्ने डरले महिलालाई सुरुङमा कोचेर मारेछन् । माघले मारेको हो कि जस्तो देखिने गरी मारेका रहेछन् । मुद्दामा प्रमाण नभएको भन्ने आधारमा जिल्ला अदालतले सफाई दिएको रहेछ । अञ्चल अदालतबाट त्यहाँ सरी आएको मुद्दा थियो । त्यतिवेला दिपायलमा मूख्य न्यायाधीश चन्द्रप्रसाद पराजुली हुनुहुन्थ्यो ।
मुद्दा छिन्ने क्रममा दुई न्यायधीशहरूको राय बाझियो । एउटाले ठहर र अर्कोले सदर गर्नुपर्ने अडान लिएछन् । त्यसपछि उक्त मुद्दा हामी तीनजना न्यायाधीश– चन्द्रबहादुर कार्की, सामन्तसिँह बोगटी र मेरो इजलासमा तोकियो । त्यहाँ घरको खानतलासी गर्दा घरपछाडी गाडेको कानमा लगाउने झुम्का प्रमाण हो वा होइन भन्ने मूल विवाद थियो । जवर्जस्ती करणी र ज्यान मुद्दामा मौकामा नै लास जाँच हुन नसक्दा र डीएनए परिक्षणको व्यवस्था नहुँदा प्रमाणको विश्लेषण निकै कठिन थियो । यद्यपि सबै प्रमाण, वस्तुस्थिति, लास जाँच मुचुल्का हेर्यौं र फैसला गर्यौँ । जिल्ला अदालतको फैसला उल्टियो ।
राजविराजमा भने मोही र जग्गा खिचोला मुद्दा असाध्यै धेरै थिए । त्यहाँ एउटा ट्रेन्ड के थियो भने भूमीसुधार कार्यालयले गरेका हरेक फैसलाहरूमा बाली भराइदिने र मोहीलाई निस्कासन नगर्ने चलन थियो । तर वाली भराएपछि मोही पनि निस्कासन गर्नुपर्छ भन्ने सर्वोच्चका कतिपय नजीरहरू थिए । केही न्यायाधीशहरूको प्रवृत्ति मोहीलाई हटाइदिने भन्ने थियो भने केहिको चाहिँ हैन भूमीसुधारले गरेको ठीक छ भन्ने खालको थियो । एउटै कुरामा पनि यस्तो अन्यौलता देखिन्थ्यो ।
कांग्रेस नेता गोपालमान श्रेष्ठको कुनै पारिवारिक मुद्दा मूख्य न्यायाधीशले मेरो इजलासमा तोक्नुभएछ । मैले सो मुद्दामा जे हुनुपर्दथ्यो त्यहि गरिदिएँ । मलाई अलिकति डेमोक्रयाटबाट आएको सोँचेर फैसला गोपालमानकै पक्षमा हुन्छ कि भन्ने लागेको रहेछ तर उहाँको पक्षमा भएन । यसैगरी कांग्रेसका पुराना मन्त्रीसमेत भैसकेका मीनबहादुर गुरुङको मुद्दामा पनि जे न्याय हुन्थ्यो मैले त्यहि गरिदिएँ ।
अत्याधिक धेरै मुद्दा भएको अदालतमध्ये राजविराज पनि एक थियो । असाध्यै होसियार भएर काम गर्नुपर्ने ! घरघरमा विचौलिया पुग्ने र न्यायाधीशसँग पहुँच बनाउन खोज्ने मनोवृत्ति व्याप्त थियो । पुरानो विरासतको आधारमा भनसुन गर्ने चलन पनि त्यहाँ देखेँ । तर मैले कसैको भनसुन सुनिनँ । कानून बमोजिम नै फैसला गरेँ । राजविराज बस्दै जाँदा पछि ‘यो न्यायाधीशले कसैका कुरा पनि सुन्दैन, न्याय पनि छोड्दैन भन्ने मेरा बारेमा टिप्पणी सुनेँ । त्यहाँ पनि मैले जस लिन सकेको थिएँ ।
२०५६ साल असार १३ गते जस्तो लाग्छ म पोखरा गएको । एकातिर पारिवारिक वियोगको पिडा थियो, अर्कोतर्फ संघर्ष गरि आएको र मलाई अझै संघर्ष गर्नुपर्ने थियो । विहान वेलुकी स्वअध्ययनको कुरा हुन्थ्यो । अनि पारिवारिक दायित्व पनि एकातिर थियो ।
पोखरामा मैले सरकारी क्वार्टर पाएको थिएँ । राजविराजमा १ रुपैयाँ किलो पाउने लौकालाई त्यहाँ ४० रुपैयाँ पर्दथ्यो । यस्तो महँगो ठाउँ पो रहेछ । बस्न सकिँदैन कि ? जागिरले पुग्दैन होला कि ? जस्तो लाग्यो । उक्त क्वार्टरमा सात रोपनीको कम्पाउण्ड थियो । यति धेरै जमिन खाली छ, तरकारी खेती गरे त कसो नहोला भन्ने लाग्यो ।कार्यालय सहयोगीलाई यी कुरा भनेँ । उनको घरमा भैँसी थियो । ‘भैँसी पनि यहिँ ल्याएर पाल्छु । मल पनि हुन्छ । घाँस पनि हुन्छ । हजुरको सेवा पनि गर्छ’ भने उनले । त्यहाँ तरकारी लगाइयो । असाध्यै ठूला लौका र काँक्रा फल्न थाले । रहरलाग्दा अर्ग्यानिक तरकारी फले । आनन्द लाग्यो ।
पोखरा विचित्रको ठाउँ लाग्छ मलाई । असाध्यै रमाइलो ठाउँ । एक त म आफू सानैमा पोखरा गएका वेला विजयपुर खोलाले बगाएर बाँचेको सम्झना जोडिएको ठाउँ पनि भयो । सग्लो माछापुच्छ्रे हिमाल आँखै अगाडि टल्किएको दृष्य प्रकृतिको अनुपम छटा हो जस्तो लाग्छ । कुनै बखत दिक्क लाग्यो, अप्ठ्यारो लाग्यो, मन अशान्त भयो भने झट्ट गएर माछापुच्छ्रेलाई हेरिदिए पुग्थ्यो । शान्ति मिल्थ्यो । फेवातालमा डुल्न गए त्यसको बेग्लै रमाइलो ।
वास्तवमा पोखरा बसेर अघाइँदैन । त्यति रमाइलो ठाउँ हो त्यो । भूगोलविद् टोनी हेगनले भनेका थिए– Pokhara is one of the best residential place in the world. मैले पनि पोखरालाई निवृत्त जीवन विताउने स्थायी थलो बनाउने सोँच राखेको थिएँ ।
त्यतिवेला पोखरामा मूख्य न्यायाधीश रामप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो । पाटनमा सँगै बसेको हुनाले पनि होला मलाई उहाँसँग अलि सजिलो लाग्थ्यो । हुन त उहाँलाई मैले ४१ सालदेखि नै चिनेको थिएँ । मलाई सँधै राम्रै व्यवहार गर्नुहुन्थ्यो ।
पोखरा अदालतमा रहँदा एकपटक कांग्रेस नेता गोपालमान श्रेष्ठको कुनै पारिवारिक मुद्दा मूख्य न्यायाधीशले मेरो इजलासमा तोक्नुभएछ । मैले सो मुद्दामा जे हुनुपर्दथ्यो त्यहि गरिदिएँ । मलाई अलिकति डेमोक्रयाटबाट आएको सोँचेर फैसला गोपालमानकै पक्षमा हुन्छ कि भन्ने लागेको रहेछ तर उहाँको पक्षमा भएन । यसैगरी कांग्रेसका पुराना मन्त्रीसमेत भैसकेका मीनबहादुर गुरुङको मुद्दामा पनि जे न्याय हुन्थ्यो मैले त्यहि गरिदिएँ । करिब ५०–६० रोपनी प्रति जग्गा भोग गर्दै आएको विवाद थियो । मैले प्रति जग्गा दर्ता गर्न नमिल्ने भनी फैसला गरिदिएको थिएँ ।
एकपटक अदालत निरिक्षण गर्न प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय पोखरा आउनुभयो । मूख्य न्यायाधीश रामप्रसाद श्रेष्ठलाई बोलाएर उहाँले ‘तपाईंहरूको अदालत त खत्तम रहेछ । राम्रोसँग न्याय गरिरहनुभएको छैन । सबै छाडा रहेछ’ भनेर हप्काउनुभएछ । मूख्य न्यायाधीशले हामीहरूलाई वोलाउनुभयो ।सबैजना मलिन थिए । नराम्रो त हामीले केही गरेका थिएनौँ । मैले भनेँ – ‘हामीले हाम्रो कुरा त गरौँला तर प्रधानन्यायाधीशले आफ्नो परिवारलाई सँगै राखेर हाम्रो कुरा गर्न हुँदैन । परिवारका मान्छे र नातेदारहरूलाई अलग राखेर भित्र कोठामा कुरा गर्नुपर्छ । जुनसुकै अड्डासम्बन्धी कुराहरू आफ्ना परिवारलाई सुनाउन पाइँदैन । यसरी हप्काउन पाइँदैन । हजुरले गाली नै गर्ने हो भने वस्तुनिष्ठ प्रमाण छ भने देखाउनुपर्छ । हामीले केही बेइमानी पनि गरेका छैनौँ । सबैका अगाडी अकारण यसरी हाम्रो वेइज्जत गर्न पाइन्न ।’
मैले अलि कड्कीएर कुरा गरेँ । सवैजना आश्चर्यचकित भए । पछि प्रधानन्यायाधीशले त्यसरी हकार्नुको कारण पनि थाहा भयो । वेलुकी निरिक्षणमा गएका केही अफिसरहरूलाई खानापिनाको राम्रो बन्दोवस्त भएनछ र उनीहरूले प्रधानन्यायाधीश समक्ष चुक्ली लगाएका रहेछन् । मेरो हकी स्वभाव अनि गल्ती भएको छैन भने आफ्ना कुरा तर्क, आधार र कारण सहित भन्न झिकझिकाउनुहुन्न भन्ने मेरो मान्यताले त्यहाँ साथ दियो । (क्रमशः)
यसअघिको खण्ड पढ्नुहोस-
रायमाझीको कोपभाजन र मेरो नियति
https://ghatanarabichar.com/105430
प्रतिक्रिया