प्रधानमन्त्री प्रचण्डसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं संयक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय ब्यूरो निर्देशक कान्नी विङ्नाराजाले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारमा भएको भेटमा नेपाल र युएनडिपीसँगको सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटाले जानकारी दिए ।
सापकोटाअनुसार प्रधानमन्त्रीले नेपालको सामाजिक र आर्थिक विकासमा युएनडिपीले सहयोग गर्दैआएको भन्दै आगामी दिनमा पनि जलवायु परिवर्तनबाट नेपालमा परेको असर न्यूनीकरणमा युएनडिपीको सहयोग रहने विश्वास व्यक्त गरे ।
राष्ट्रसङ्घका सहायक महासचिव विङ्नाराजाले नेपालले आयोजना गरेको लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै नेपाल-युनडिपीबीचको सहकार्यलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन् ।
तस्बिर : रासस
प्रतिक्रिया