तपाईंको यो साता

तपाईंको यो साता


पं. नारायणप्रसाद दुलाल
(ज्योतिषाचार्य/वास्तुविद)

मेष
विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । राज्यबाट मान सम्मान पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । साताको अन्त्यमा समय प्रतिकूल भई कुलतमा मन जानेछ । मुद्दामामिला लाग्न सक्छ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ रातो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृष
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साताको अन्त्यमा चुनौतीको सामना गर्नुपर्ला । मनमा द्विविधा उत्पन्न हुनेछ । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ गुलाबी वा सुन्तला रङ हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

मिथुन
कामको दायित्व थपिने सम्भावना छ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनुपर्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । यो साताका लागि शुभअङ्क १, ३ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कर्कट
बोलीको विपरीत अर्थ लाग्न सक्छ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । साताको पहिलो दिनबाट दैनिक कार्यमा प्रगति हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । यो साताका लागि शुभअङ्क २, ४ र शुभरङ सेतो वा पहँेलो हो । कुनै शुभकर्म गर्नुअघि गणेशजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

सिंह
परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । मंगल कार्यको योग छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभसमाचार सुन्न पाइएला । पुनर्मिलनको योग रहेको छ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ रातो वा पहँेलो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या
मनमा शङ्का उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । मन खिन्न हुने स्थिति आउनेछ । साताको अन्त्यबाट घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ कालो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला
राजनीतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । साताको अन्त्यमा अरूको वचन टाल्न नसक्दा दुःख पाइने र धन खर्च पनि हुनेछ । यो साताका लागि शुभअङ्क ४, ८ र शुभरङ सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृश्चिक
सामाजिक सभासमारोहमा भाग लिनुपर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नुपर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्नेछ । मनमा हर्ष, उमङ र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । यो साताका लागि शुभअङ्क ७, ९ र शुभरङ पहँेलो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु
पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । साहसिकताबाट धनार्जन होला । धैर्य एवम् लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहन लाभ हुने समय छ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ घ्यूरङ वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णुजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मकर
मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । साताको पहिलो दिनबाट राजनीति अधिकारमा सफलता मिल्नेछ । मनमा आनन्द आउला । पारिवारिक सद्भाव बढ्नेछ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ खैरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व महालक्ष्म्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ
आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । जोस, जाँगर र हिम्मत बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ खैरो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व माता बंगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

मीन
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । अप्ठ्यारा परिस्थितिसँग पनि जुझारू भई काम गरिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । साताको अन्त्यमा आँटेकोे र ताकेको कार्य पूरा नहोलान् । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।