समूह दुईको अर्को महत्वपूर्ण खेलमा एसियाली राष्ट्र इरानले उत्कृष्ट प्रदर्शन गर्दै पोर्चुगललाई बराबरीमा रोकेको थियो । निकै बलियो मानिएको पोर्चुगलसँग इरानले १–१ को बराबरी खेलको थियो । पोर्चुगलको तर्फबाट रिकार्डो कारेर र इरानको तर्फबाट करिम अनसारीफर्दले गोल गरेका थिए ।
खेलमा इरानले अग्रता लिएको थियो । त्यसपछि निकै दबाबमा परेको पर्चुगलले बराबरी गोल फर्काउन निकै प्रयास गरे पनि असफल भएको थियो । तर, अन्त्यमा पोर्चुगलका रिकार्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । रिकार्डोको यही गोलका कारण आफ्नो समूहमा ५ अंक हासिल गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको थियो ।
यो समूहमा तीन अङ्क हासिल गरेको इरानले पहिलो खेलमा मोरक्कोलाई १–० ले पराजित गरेको थियो । उक्त आत्मघाती गोल मोरक्कोका खेलाडीले गरेका थिए । निकै भाग्यमानी र उत्कृष्ट प्रदर्शन गरेको इरानलाई यो विश्वकपको अन्तिम १६ मा पुग्ने राम्रो अवसर थियो । तर, पोर्चुगलले अन्तिम समयमा गरेको गोलले एसियाली राष्ट्र विश्वकपबाट बाहिरिन बाध्य भएको थियो ।
सन् २०१८ को विश्वकपमा पेनाल्टी मिस गर्ने खेलाडीको सूचीमा क्रिस्टियानो रोनाल्डोले पनि आफ्नो नाम लेखाएका छन् । दुई खेलमा ४ गोल गरेर चर्चा कमाएका रोनाल्डोले ५३औँ मिनेटमा पाएको पेनाल्टीलाई मिस गरेका थिए । रोनाल्डोसहित ५ खेलाडीले यो विश्वकपमा पेनाल्टी मिस गरेका छन् । पेनाल्टी मिस गर्नेमा अर्का चर्चित खेलाडी अर्जेन्टिनाका लियोनल मेसीको नाम पनि छ ।
प्रतिक्रिया