समूह ‘सी’मा फ्रान्स र डेनमार्कले बाजी मारे

समूह ‘सी’मा फ्रान्स र डेनमार्कले बाजी मारे


समूह तीनअन्तर्गत भएको लिग चरणको तेस्रो खेलमा पेरूले अस्टे«लियाको अन्तिम १६ मा पुग्ने सपना चकनाचुर पारिदिएको छ । फिस्ट स्टेडियममा भएको महत्वपूर्ण खेलमा पेरूले अस्टे«लियालाई २–० अन्तरले पराजित गरेको हो ।

यो खेलमा विजय भए पनि पेरू अन्तिम १६ मा पुग्न असफल भएको छ । विश्वकपमा पेरूको यो पहिलो जित हो । यो जितसँगै पेरूले ३ अङ्क बटुल्दै आफ्नो समूहमा तेस्रो स्थान हासिल गरेको थियो । अस्टे«लियालाई अन्तिम १६ मा पुग्न पेरूलाई ठूलो गोलअन्तरले पराजित गर्नुपर्ने थियो ।

त्यस्तै यही समूहमा भएको अर्को खेलमा फ्रान्स र डेनमार्कबीच बराबरी भएको छ । बराबरीसँगै फ्रान्सले तीन खेलमा ७ अङ्क बटुल्दै आफ्नो समूहमा शीर्ष स्थानमा हासिल गरेको थियो । त्यस्तै, एउटा खेलमा विजय र दुई खेलमा ड्र गरेको डेनमार्कले ५ अङ्क बटुल्दै दोस्रो स्थान हासिल ग¥यो । यो समूहबाट फ्रान्स र डेनमार्क अन्तिम १६ मा प्रवेश गरेका छन् ।

खेलको शुभारम्भदेखि नै दुवै टिम आक्रामक रूपमा प्रस्तुत भएका थिए । पहिलो हाफमा दुवै टोलीले गोल गर्ने निकै कोसिस गरे पनि पाएको अवसरलाई गुमाएका थिए । यसरी सनसनीपूर्ण रहेको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पनि दुवै टिम गोल गर्न असफल भए पनि खेल ०–० अर्थात् गोलरहित बनेको थियो । यसरी दुवै टिमले १–१ अङ्क बटुल्दै अन्तिम १६ मा प्रवेश गरेका थिए । यो विश्वकपमा ०–० मा बराबरी भएको यो पहिलो खेल हो ।