समूह चारअन्तर्गत भएको दोस्रो खेलमा क्रोएसियाले नवप्रवेशी आइसल्यान्डलाई पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले आइसल्यान्डलाई २–१ ले पराजित गरेको हो । यो जितसँगै आफ्नो समूहमा शीर्ष स्थान हासिल गर्दै क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको छ । आफ्नो पहिलो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको आइसल्यान्डले लिग चरणको पहिलो खेलमा अर्जेन्टिनासँग बराबरी खेलेको थियो । यदि क्रोएसियासँग विजय हासिल गरेको भए आइसल्यान्ड नकआउट चरणमा पुग्ने सम्भावना थियो ।
यो खेलमा आइसल्यान्डले रक्षात्मक रणनीति अपनाएको थियो । पहिलो हाफमा आइसल्यान्डको रणनीति सफल भए पनि दोस्रो हाफमा क्रोएसियालाई रोक्न असफल भएको थियो । परिणाम ५३ मिनेटमा मिलान बाडेजीले गोल गर्दै क्रोसियालाई १–० ले अग्रता दिलाएका थिए । यसपछि आक्रमणमाथि आक्रमण गरे पनि क्रोएसिया गोल गर्न असफल भएको थियो । खेलका ७४ मिनेटमा आइसल्यान्डले पेनाल्टी प्राप्त ग¥यो, उक्त पेनाल्टीलाई सेगुर्डनले गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
तर, दुर्भाग्य आइसल्यान्डलाई खेलको इन्जुरी समयमा क्रोएसियाले पुनः गोल गर्दै २–१ ले अग्रता लिएको थियो । इवान पेरिसिकले इन्जुरी समयमा गरेको यो गोल नै अन्तिममा निर्णायक गोलमा परिणत भएको थियो । यसरी लिग चरणमा अपराजित रहँदै अर्थात् ९ अङ्क बटुल्दै क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको थियो भने आइसल्यान्ड विश्वकपवाट बाहिरिएको थियो ।
प्रतिक्रिया