खेलाडी, प्रशिक्षक र खेलकुद कर्मचारीका साथै उनीहरूको परिवारलाई स्वास्थ्य उपचारमा सहुलियत दिने सम्बन्धमा नेपाली खेलाडी तथा प्रशिक्षक सङ्घ र ललितपुरको निदान अस्पतालबीच असार १२ गते मंगलबार सम्झौता भएको छ ।
सङ्घका अध्यक्ष महेश महर्जन र निदानका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । ४ वर्षका लागि भएको सम्झौता मंगलबारैदेखि नै लागू हुने बताइएको छ ।
अस्पताले ओपीडी सेवामा १५, ल्याब टेस्टमा २०, बेड चार्जमा २५, अल्ट्रासाउन्डमा २०, फिजियोथेरापीमा १०, इन्डोस्कोपीमा १५, औषधिमा १०, ईसीजीमा २५, इकोमा २०, कोलोनोस्कोपीमा २० र डेन्टलमा १० प्रतिशत छुट दिने सहमति गरेको छ । उक्त सेवा प्राप्त गर्न सम्बन्धितले खेलाडी तथा प्रशिक्षक सङ्घको सिफारिस लानुपर्नेछ ।
त्यस्तै निदानमा उपलब्ध नहुने सुविधाका लागि भारतमा उपचार गर्न जानुपर्ने भएमा ५ देखि १० प्रतिशतसम्मको छुटको व्यवस्था गर्ने समझदारीसमेत भएको छ ।
प्रतिक्रिया