यूके स्पोर्टसको सहकार्यमा तेक्वान्दो कोर्स सम्पन्न

यूके स्पोर्टसको सहकार्यमा तेक्वान्दो कोर्स सम्पन्न


नेपाल तेक्वान्दो सङ्घ र यूके स्पोर्टस्को सहकार्यमा भएको तेक्वान्दो प्रशिक्षक कोर्स सम्पन्न भएको छ । कोटेश्वर तेक्वान्दो डोजाङ एन्ड फिटनेस सेन्टरमा ३ दिने कोर्स सम्पन्न भएको हो ।

नेपाली तेक्वान्दो खेल विकास लागि नेपाल तेक्वान्दो सङ्घ र यूके स्पोर्टस्बीच भएको सम्झौताअनुरूप २३ देखि २६ जुलाईसम्म तेक्वान्दो कोच एडुकेसन कोर्स सञ्चालन भएको थियो । उक्त कोर्समा ग्रेटब्रिटेनका तेक्वान्दोका अन्तर्राष्ट्रिय तेक्वान्दो विशेषज्ञ एन्ड्रयु डिएरले प्रशिक्षण दिएका थिए ।

तीनदिने प्रशिक्षणमा कुल ६० तेक्वान्दो प्रशिक्षकले प्रशिक्षण लिएका थिए । कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा र महासचिव दीपराज गुरुङलगायतको उपस्थिति रहेको थियो ।