छविलाल बगाले, सिचुवान प्रान्त ।
सिन्धुपाल्चोक बासखर्कका नुर्वु तामाङ यतिबेला चीनको एक गलैंचा उद्योगमा काम गर्छन् । उनकै हातले तयार पारेका गलैंचाहरु आज नेपाली बजारमा पनि आइपुगेका छन् । उनि रोजगारीका लागि २ बर्षअघि चीन आइपुगेका हुन् ।
भनिन्छ, चिनियाँ नागरिकहरुसँग काम गर्न नेपालीहरुले सक्दैनन् । तर सिन्धुपाल्चोकका तामाङ भने तिनै चिनियाँ नागरिकहरुसँग प्रतिस्पर्धा गरेर उद्योगमा काम गरिरहेका छन् । चीनस्थित सिचुवान प्रदेशको होङयुआन कउन्ट्रीको आमछोकमा रहेको काचु डिउच्यान कार्पेट उद्योगमा तामाङसहित १० जना नेपाली कालीगढहरुले रोजगारी पाएका छन् । नेपाली कालीगढहरुले उत्पादन गरेको गलैंचा चीनमा मात्रै नभएर विश्वबजारमा बिक्रि भइरहेको कम्पनीले जनाएको छ ।

उद्योगमा उनिहरुले विभिन्न प्रकारका गलैंचा, राडी लगायतका सामानहरु तयार पार्ने गर्दछन् । ‘हामी रोजगारीका लागि खाडी मुलुक जानभन्दा आफ्नै छिमेकी मुलुकमा काम गर्ने भन्दै चीन आइपुगेका हौं ।’ नेपाली कालीगढ तामाङ भन्छन्, ‘खाना खाएर हामी मासिक ५० हजार नेपाली कमाउँछौं ।’
गलैंचा बनाउनको लागि आवश्यक कच्चापदार्थ छिमेकी मुलुक नेपाल र न्यूजिलैण्डबाट ल्याउँदै आएको उद्योगले जनाएको छ । तीनबर्ष अघि मात्रै स्थापना भएको गलैंचा उद्योगमा अहिले २१ जना कालिगढहरुले काम गर्दै आएका छन् । उद्योगमा टिबेटियन गलैंचाको साथै भेंडाको छालाबाट बन्ने ज्याकेट पनि उत्पादन हुँदै आएको छ ।

उद्योगबाट अघिल्लो बर्षमा मात्रै ३ सय ४० जोडी टिबेटियन गलैंचा उत्पादन भएको छ । कम्पनीका अनुसार उद्योगले २ दशमलव शुन्य ४ आरएम्भी मुल्य बराबरका गलैंचाहरु बिक्रि गर्दा ९५ लाख चिनियाँ रकम आम्दानी गर्न सफल भएको छ ।
सिचुवान प्रदेशको राजधानी शहर छेन्डुबाट ९ घण्टाको दुरीमा पर्ने यस उद्योगमा नेपाली कालिगढसँगै चिनियाँ कालिगढले पनि काम गर्दै आएका छन् । ३ हजार ७ सय मिटर बढि उचाईमा रहेको होङयुआन कउन्ट्रीको आमछोक निकै चिसो स्थान पनि हो
प्रतिक्रिया