सम्झौताको प्रोटोकल मस्यौदा चीन पठाइएको जानकारी

सम्झौताको प्रोटोकल मस्यौदा चीन पठाइएको जानकारी


सन् २०१६ मा चीनसँग भएको व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गरी चीन सरकारलाई पठाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधिसभाको बैठकमा यसबारे जानकारी दिएका हुन् ।

संसदमा विनियोजन विधेयकमाथि भएको बुधबारको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै सो मस्यौदामाथि आगामी जुलाई दोस्रो सातामा दुईपक्षीय वार्ता हुने जानकारी समेत मन्त्री यादवले दिए ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको चीनको औपचारिक भ्रमणका क्रममा उक्त प्रोटोकलमा आगामी जुलाईमा हस्ताक्षर गर्ने सहमति भएको थियो । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सन् २०१६ मा व्यापार र पारवहन सम्झौता भएको थियो ।