धादिङमा ५ रेक्टरस्केलको भूकम्प

धादिङमा ५ रेक्टरस्केलको भूकम्प


आज (बिहीबार) बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ सदरमुकाम धादिङबेँसीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार पाँच रेक्टरस्केलको भूकम्प हो ।

धादिङ, गोरखा, नुवाकोट, चितवन र राजधानीलगायतका स्थानमा महसुस गरिएको यो भूकम्प यो ०७२ वैशाख १२ कै भूकम्पको परकम्प भएको अधिकारी बताउँछन् ।