विश्वकपका रंगीन दर्शकहरू क्यामेराको कैदमा

विश्वकपका रंगीन दर्शकहरू क्यामेराको कैदमा


फिफा विश्वकप फुटबल विश्वमै सबैभन्दा बढी दर्शकले हेर्ने खेल हो । यतिबेला रसियामा सञ्चालन भइरहेको विश्वकपको २१औँ संस्करणमा रंगशालामा देखिएको दर्शकहरूको उपस्थिति र विश्वभरि दर्शकहरूले यो विश्वकपप्रति देखाएको चासो र प्रतिक्रियाले पनि यो कुरालाई प्रस्ट पारेको छ ।

यतिबेला सारा विश्वको ध्यानाकर्षणको केन्द्रबिन्दु बनेको विश्वकपका खेलहरूमा कसले जित्छ, कसले हार्छ भन्ने मात्र नभई रंगशालाभित्र उपस्थित दर्शक र आयोजनस्थल पुग्न नसकेका र आफ्नै राष्ट्रमा बसेर आफ्नो टिमलाई सपोर्ट गरिरहेका फुटबलका फ्यानहरूले कस्तो किसिमले विश्वकप खेलिरहेका राष्ट्रहरूलाई सपोर्ट गरिरहेको छन् त्यो अहिले निकै चर्चाको विषय बनेको छ ।

आफ्नो टिमको हौसला बढाउन कसरी युवा र महिला दर्शकहरू रंगाशाला र रंगशालाबाहिर प्रस्तुत भई क्यामरालाई आफूतर्फ आकर्षण गर्न सफल भएका छन्, यिनै रङ्गीन दर्शकलाई रसियामा सञ्चालन भइरहेको विश्वकपमा अहिले क्यामराले कैद गरेको छ । तीमध्ये केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ ।