रक्तचन्दनसहित पासवान पक्राउ

रक्तचन्दनसहित पासवान पक्राउ


सशस्त्र प्रहरीले महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट आज (बिहीबार) बिहान १० किलो रक्तचन्दनसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–३ बस्ने ५१ वर्षीय रामप्रीत पासवान रहेको सशस्त्र प्रहरी भन्सार तथा राजस्व गुल्म जलेश्वर महोत्तरीले जनाएको छ । भारतबाट चक्तचन्दन तस्करी गरी नेपाल भित्र्याएका पासवानलाई सुराकीका आधारमा सशस्त्र प्रहरी भन्सार तथा राजस्व गुल्म जलेश्वरका सशस्त्र प्रहरी टोलीले मलिवाराबाट रक्त चन्दनसहित पक्राउ गरेको हो ।

पक्राउ परेका पासवानलाई आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाइएको सशस्त्र प्रहरी राजस्व गुल्मका प्रहरी नायव उपरीक्षक दिनेश मल्लले बताए ।