राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा २३औँ विद्यालयस्तरीय राष्ट्रिय विशेष खेलकुद प्रतियोगिता असार १३ गते बिहीबारदेखि सुरु भएको छ ।
फरक क्षमता भएका व्यक्तिको यो प्रतियोगितामा शारीरिक अपांगता, बहिरा र दृष्टिविहीनतर्फ प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुखसमेत रहेका प्रतियोगिता व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माले जानकारी गराएका छन् ।
शारीरिक अपांगतर्फ उपत्यकाबाहिरबाट ३० र उपत्यकाबाट ४५ गरी ७५ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । बहिरातर्फ १० स्पर्धामा उपत्यकाबाहिराबाट ६० र उपत्यकाबाट ४० खेलाडीले भाग लिनेछन् । त्यस्तै दृष्टिविहीनतर्फ उपत्यकाबाहिराबाट ५३ र उपत्यकाबाट ६० खेलाडीले १६ स्पर्धामा सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ७५ हजार ५ सय रुपैयाँ रहेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब २५ लाख रुपैयाँ खर्च हुनेछ ।
प्रतिक्रिया