चार वर्षमा काष्ठमण्डप पुनर्निर्माण सक्न माटो र इँटा परीक्षण

चार वर्षमा काष्ठमण्डप पुनर्निर्माण सक्न माटो र इँटा परीक्षण


काष्ठमण्डप पुनर्निर्माणका लागि प्रयोग हुने माटो र इँटाको गुणस्तर परीक्षण गर्न सरकारले परीक्षण केन्द्रमा पठाएको छ ।

आगामी भदौबाट शुरु गरिने पुनर्निर्माणमा प्रयोग हुने इँटा र माटो परीक्षणका लागि परीक्षण केन्द्रमा पठाउनाका साथै निर्माणका लागि आवश्यक पर्ने काठ जम्मा गर्ने काम भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए ।

चार वर्षभित्र निर्माणकार्य सक्ने गरी सातौँ शताब्दीको काष्ठमण्डप पुनर्निर्माणको तयारी भएको छ । नेपालको राजधानी काठमाडौंको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।

उनका अनुसार ०७२ को भूकम्पले पूर्ण रूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणका लागि गत वैशाख ३१ गते क्षमापूजा पनि भइसकेको छ । क्षमापूजा कुनै कार्य शुरु गर्नुपूर्व गरिने र निर्माणको अवधिभरि कुनै किसिमको समस्या नआओस् भनेर गरिने पूजा हो ।

परीक्षणमा पठाइएको माटो र इँटाको गुणस्तर मापनबाट आएको नतिजाअनुसार सामग्री संकलन गरी पुनर्निर्माण शुरु गरिने शाक्यले जानकारी दिए । अबको २० दिनमा परीक्षणको नतिजा आउने बताइएको छ ।

बाह्रौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएको र बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको र त्यसैबाट मूर्तिविहीन मरुसतः बनाइएको र पछि यसैलाई काष्ठमण्डपको रूपमा चिनन थालेको हो । मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको थियो । केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको खोजअनुसार यो सातौँ शताब्दीको भएको इतिहासकारले बताएका छन् ।

चार वर्षभित्र निर्माणकार्य सक्ने गरी सातौँ शताब्दीको काष्ठमण्डप पुनर्निर्माणको तयारी भएको छ । नेपालको राजधानी काठमाडौंको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।