पहिरो हटाएपछि पासाङ ल्हामु राजमार्ग सुचारु

पहिरो हटाएपछि पासाङ ल्हामु राजमार्ग सुचारु


रातिदेखिको वर्षाले अवरुद्ध पासाङ ल्हामु राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण ठाउँठाउँमा खसेको पहिरो पन्छाई आज दिउँसो २ बजेदेखि अवरुद्ध सडक खुलाइएको हो ।

जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार राजमार्गको दर्जनौँ स्थानमा सडकको माथिबाट पहिरो खसेकोमा सो हटाई दिउँसो २ बजेदेखि खुलाइएको हो ।

आज बिहान ६ बजेदेखि डोजर र सुरक्षाकर्मीको मद्दतमा पहिरो हटाएर सडक खुलाएपछि रोकिएका सबै सवारीसाधन सञ्चालन भएका छन् ।