फेयर प्लेको आधारमा जापान नकआउट चरणमा

फेयर प्लेको आधारमा जापान नकआउट चरणमा


समुह ‘एच’ अन्तर्गत एसियाली राष्ट्र जापान, पोल्याण्ड र सेनेगल, कोलम्बियाबीच लिग चरणको तेस्रो खेल भएको थियो । उक्त खेलमा पोल्याण्डले जापान र कोलम्बियाले सेनेगललाई १–० ले पराजित गरेका छन् । कोलम्वियाले विजयसँगै ६ अंक प्राप्त गर्दै आफ्नो समुहमा शीर्ष स्थान हासिल गरेको छ । त्यस्तै अन्तिम खेलमा जितेर पनि पोल्याण्ड विश्वकपबाट बाहिरिएको छ । पोल्याण्ड लिग चरणका पहिला दुई खेलमा पराजित भएको थियो ।

कोलम्बियासँगै समुह ‘एच’बाट एसियाली राष्ट्र जापान नकआउट चरणमा प्रवेश गरेको छ । जापान ‘फेयर प्ले’ आधारमा अन्तिम १६ मा पुगेको हो । समुह चरणमा जापानले चार एलो कार्ड पाएको थियो भने सेनेगलले ६ । यसरी समान गोल स्कोर हुँदा पनि फेयर प्लेको नियमअनुसार जापानले बाजी मारेको हो ।

ज्ञात रहोस्, फेयर प्ले को नियम यही विश्वकपदेखि लागु गरिएको हो । विश्वकप फुटबलको इतिहासमा फेयर प्लेबाट दोश्रो चरणमा पुग्ने जापान पहिलो राष्ट्र बनेको छ ।

पोल्याण्डको लागि यो खेल अर्थहीन भएपनि जापानको लागि निकै महत्वपूर्ण थियो । पोल्याण्ड लिग चरणका पहिलो दुई खेलमा पराजित भएर विश्वकपवाट बाहिरिइसकेको छ । जापानको लागि जित्नु या ड्र गर्नुपर्ने बाध्यता थियो । तर, अहिले जापान हारेर पनि जितेको छ । जापानले पछिल्ला दुई खेलमा गरेको प्रदर्शन उसको लागि बरदान सावित भएको छ ।

खेलको पहिलो हापमा चारै टीमले आक्रामक खेलको प्रदर्शन गर्दै गोल गर्ने प्रयास गरेपनि असफल भएका थिए । ४५ मिनेटको खेलमा दुवै टीमले पोल अट्याक गरेर गोल गर्ने प्रयास गरे पनि गोलकिपरहरुले उत्कृष्ट बचावका कारण गोल हुन सकेन । दुवै टीम अर्थात पोल्याण्ड र कोलम्बियाले दोश्रो हापमा गोल गरेका हुन् । तिनै गोलपछि खेलको निर्णायक गोल सावित भए ।