रमेश खत्रीले २३ औं विद्यालयस्तरीय राष्ट्रिय खेलकुदको शारीरिक अपाङ्गतर्फ छात्र १ सय मिटर ह्वीलचेयर दौडमा स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा खगेन्द्र नवजीवनका रमेशले निधारित दूरी २३.१५ सेकेन्डमा पूरा गरका थिए । खुमबहादुर पाण्डे दोश्रो भए ।
बहिरातर्फ छात्र सुटपुटमा केन्द्रीय बहिरा मावि, काठमाडौंका राकेश बस्नेत, शारीरिक अपाङ्गतर्फ छात्र सटपुटमा बाँकेका भुपेन्द्र कार्की र छात्रामा दाङकी दिपा खड्का, पूर्ण दृष्टिविहीनको छात्र सटपुटमा जनजागृति मावि, धादिङका दिनेशलाल श्रेष्ठ, शारीरिक अपाङ्गतर्फ बैशाखी नलिइ छात्रा २ सय मिटर दौडमा दाङकी कमला केसी, शारीरिक अपाङ्गतर्फ २ वैशाखी लिएर छात्र १ सय मिटर दौडमा धनुषाका पुरुषोत्तमराय दनुवार र छात्रामा बाँकेकी मञ्जु थारु तथा शारीरिक अपाङ्गतर्फ छात्रा १ सय मिटर ह्वीलचेयरमा काठमाडौंकी उमा भुजेलले स्वर्ण हात पारेका छन् ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भइरहेको दुईदिने प्रतियोगितामा शारीरिक अपाङ्ग, बहिरा र दृष्टिविहनीतर्फ २ सय ८८ खेलाडीले विभिन्न ३८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ७५ हजार ५ सय रुपैयाँ रहेको छ ।
प्रतिक्रिया