सोलु दुर्घटनाका सातै मृतकको सनाखत

सोलु दुर्घटनाका सातै मृतकको सनाखत


आज बिहान सोलुमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका सातैजनाको सनाखत भएको छ ।

बिहान ८ बजे सोलुको नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जिप दुघर्टना हुँदा तीन पुरुष र चार महिलाको मृत्यु भएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए ।

अधिकारीले जानकारी दिएअनुसार मृत्यु हुनेमा
जिपचालक उदयपुर सिरिसे– ८ निवासी ३१ वर्षीय कुसाङ तामाङ
सिरहा सनैखानिवासी ३६ वर्षीय शिवकुमार यादव
ओखलढुंगाको माम्खा– ५ बस्ने ४० वर्षीय श्यामकुमार राई
खोटाङ खाल्ले– ८ निवासी २४ वर्षीया कोपिला बस्नेत कार्की
सोलुखुम्बुको नेचासल्यान– २ बस्ने अन्दाजी ३५ वर्षकी उर्मिला बास्तोला
सोही ठेगाना भएकी अन्दाजी २५ वर्षकी सुशीला खड्का
करिब ८ वर्षीया सुष्मा खड्का
रहेका छन् ।

बिहान नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको ना.१ ज १८६० नं. को जिप साबिक तिङ्ला–१ स्थित गुप्तेश्वर महादेवथान मन्दिरनजिकैको चिप्ले भिरमा खसेको थियो ।

जिप सडकबाट करिब एक किलोमिटर तल खसेको अनुमान गरिएकोे छ । जिपमा सवार सातजनामध्ये ६ जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।