नेताको धान रोपाइँ (फोटो फिचर)

नेताको धान रोपाइँ (फोटो फिचर)


आज असार १५, राष्ट्रिय धान दिवस । यसै अवसरमा विभिन्न नेताहरू रोपाइँ महोत्सवमा सरिक भए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि नेकपाका केही नेताहरु रोपाइँमा सरिक भई असार पन्ध्र मनाएका दृश्य तस्बिरमा हेरौँ-

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भक्तपुरको खरिपाटीमा आयोजित रोपाइँ महोत्सवमा ।

 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल काठमाडौंको बुढानीलकण्ठस्थित तौतुङमा धान रोपाइँ कार्यक्रममा ।

 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रुपन्देहीको सैनामैना ८ मा आयोजित रोपाइँ महोत्सवमा ।

 


सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटा झापाको कमल गाउँपालिकामा आयोजित रोपाइँ महोत्सवमा सरिक हुँदै ।