टुटलका सेवाग्राहीले आफूले प्रयोग गरेको यात्राको सेवाशुल्क अब ‘आइएमई पे’मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाएको बताइएको छ । टुटल सेवामार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरूले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’बाट सेवा शुल्क संकलन तथा भुक्तान गर्न सक्ने कम्पनी सम्झौता पत्रमा ‘आइएमई पे’का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र टुटलका तर्फबाट संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत सिक्षित भट्टले हस्ताक्षर गरेका छन् ।
तेह्र हजारभन्दा बढी एजेण्ट आउटलेट सञ्जाल भएको आइएमई पे आईएमई समूहअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको ‘भुक्तानी’ तथा फर्छ्यौट विनियमावली, २०७२’ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी भएको छ । आईएमई डिजिटलले ‘आइएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउने बताइएको छ । यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।
यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको कम्पनीको भनाई छ ।
प्रतिक्रिया