गैरआवासीय नेपाली संघ, कृषि प्रवर्द्धन समितिले पन्ध्र असारको अवसर पारेर धान रोपाइँको एक विशेष कार्यक्रम आयोजना गरेको छ । बनेपा नगरपालिका १२ स्थित कोटथुम्का गाउँमा गरिएको सो कार्यक्रम किसानी पेशा तथा माटोप्रतिको समर्पण र सम्मानका लागि आयोजना गरिएको एनआरएनए कृषि प्रवर्द्धन समितिका सहसंयोजक कपिलदेव थापाले जानकारी दिए ।
यसैगरी ‘एनआरएनए कृषि प्रवर्द्धन समिति’ले समग्र कृषि क्षेत्रप्रतिको चासो र लगाबलाई सांकेतिक रूपमा सम्बोधन गर्न र देश देशावरमा छरिएर रहेका सम्पुर्ण नेपाली समुदायहरूलाई आफुले प्राप्त गरेका ज्ञान शिप र क्षमतालाई जन्मभूमिको माटो र कृषि पेशाप्रति आकर्षण गराउन सन्देश दिने हेतुले धान रोपाइँ आयोजना गरेको संयोजक युवराज गुरुङले बताए ।
सो कार्यक्रममा नेपालमा उपलब्ध भएका एनआरएन सदस्यहरु, एनआरएनए काठमाडौंका सचिवालय सदस्यहरु, काभ्रेका प्रमुख जिल्ला अधिकारी, प्रहरीका उच्चाधिकारी, बनेपा नगरपालिकाका मेयर, वडा प्रमुख, काभ्रे जिल्ला उद्योग बाणिज्य महासंघका अध्यक्ष, जिल्ला र नगर का प्रमुखहरुलगायत स्थानीयवासीलाई आमन्त्रण गरी रोपाइँको रमाइलो गरिएको थियो ।

प्रतिक्रिया