काठमाडौंको कीर्तिपुर ट्याङ्गलाफाँटमा रोकिराखेको कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
बा५च ३०३८ नम्बरको कारमा आगलागी भएको र आगलागीमा परी कारभित्रै रहेका एक जनाको ज्यान गएको काठममाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
आगलागी भएको उक्त कार बैंकको नाममा रहेको खुलेको तर कारभित्र जलेका व्यक्तिको पहिचान नखुलेको प्रहरीको भनाइ छ ।
आगलागी भएको गाडीबाट कंकाल मात्र बाँकी रहेको शव निकालिएको र शव पुरुषको रहेको खुलेको छ ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया