तपाईंको यो साता

तपाईंको यो साता


पं. नारायणप्रसाद दुलाल
(ज्योतिषाचार्य/वास्तुविद)

मेष
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनुहोला । घरपरिवारमा झै–झमेलाको अवस्था बढ्नेछ । साताको पहिलो दिनबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । यो साताका लागि शुभअङ्क ५, ७ र शुभरङ वैजनी वा सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष
धैर्य एवम् लगनशीलताले अवसर दिलाउनेछ । पारिवारिक जीवनमा रमाइलोपना आउनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । साताको अन्त्यमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

मिथुन
राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन् । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व महादेवको आराधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट
नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुन सक्छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ । यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ सेतोे वा पहँेला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महाकालीजीको ध्यान गरी आरम्भ गर्दा अधिकलाभ प्राप्त हुनेछ ।

सिंह

सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनुपर्नेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ सेतो वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा अधिकलाभ मिल्नेछ ।

कन्या
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । ठूलाबडाको साथसहयोग पाइनेछ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । रमणीय र सुखद यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । साताको अन्त्यमा यो साताका लागि शुभअङ्क ३, ४ र शुभरङ पहँेलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास हुनेछ । मध्य साताबाट दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ रातो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नले अधिक सफलता मिल्नेछ ।

वृश्चिक
वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । सामाजिक सभासमारोहमा भाग लिनुपर्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नुपर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेवारी बढ्ने । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ गुलाबीे हो । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्म्मीजीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

धनु
विभिन्न अवसरले पछ्याउनेछन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । साताको पहिलो दिनबाट लामो दूरीको यात्राबाट खासै उपलब्धि नहुन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ पहेँलो वा कलेजी हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

मकर
आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शत्रुहरू किनारा लाग्नेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ पहेँलो वा कालो हो । शुभकर्म गर्नुपूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

कुम्भ
निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा बिलम्व हुनाले दिक्क लाग्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । साताको अन्त्यबाट सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ खैरो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको पूजाअर्चना गरी गरेको लगानीबाट अधिक सफलता मिल्नेछ ।

मीन
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ घ्यूरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महासरस्वतीको दर्शन गरी आरम्भ गर्दा अधिक शुभफल प्राप्त हुनेछ ।