धादिङमा करेन्ट लागेर नगर विकास समितिका पूर्वअध्यक्ष अधिकारीको मृत्यु

धादिङमा करेन्ट लागेर नगर विकास समितिका पूर्वअध्यक्ष अधिकारीको मृत्यु


धादिङबँेसी नगर विकास समितिका पूर्वअध्यक्ष केशवराज अधिकारीको आज (आइतबार) करेन्ट लागेर मृत्यु भएको छ ।

नीलकण्ठ नगरपालिका–३ पहरेचौतारानिवासी सामाजिक कार्यकर्ता ५५ वर्षीय अधिकारीको घरनजिकै खेतमा पानी लगाउने क्रममा मोटरमा जोडिएको तारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए ।

खेतमा पानी लगाउने क्रममा अधिकारीको पानी तान्ने मोटरमा जोडिएको तारबाट करेन्ट लागेपछि घटनास्थलमै मृत्यु भएको थियो । यसअघि बनाइएको नयाँ घरमा पानी लगाउन लाग्दा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर चार दिनअघि नीलकण्ठ नगरपालिका– ३ धादिङबँेसीका अर्जुन श्रेष्ठको मृत्यु भएको थियो ।