कञ्चनपुरमा नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना

कञ्चनपुरमा नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा नौ करोड ७५ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माणको कार्य शुरु गरिएको छ ।

आयोजनाको बोरिङ गर्ने कार्य शुरु गरिएको छ । खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं. ८ र ९ का एक हजार सात सय घरधुरी लाभान्वित हुने वडा नं. ८ का वडाध्यक्ष बहादुर महराले बताए ।

चुरे फेदको बस्ती भएकाले गर्मीका बेला पानी सुक्ने गरेको छ । नदी र खोलाको पानी सुकेपछि स्थानीयवासीले पानीका लागि सास्ती खेप्नुपरेको छ ।