प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइँदै

प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइँदै


सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा गत शुक्रबार पक्राउ परेका उनलाई सोही दिनदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई आज (४ कात्तिक) अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिएका छन् ।