राबा बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता

राबा बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता


राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले आफ्नो धितो तथा अन्य सम्पत्तिको बीमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबाट गर्न सक्ने बताइएको छ । बैंकको हाल ७४ जिल्लामा २०३ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ । चालु आवको तेस्रो त्रैयमाससम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको जानकारी दिइएको छ ।

सम्झौताका लागि सोमबार आयोजित समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकहरू सुशील श्रेष्ठ, केशवप्रसाद लम्साल, टेकराज जोशी, नरेशराज अर्याल, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट सहायक महाप्रवन्धक मनोज श्रेष्ठ, वरिष्ठ प्रबन्धक दीपककुमार चन्दको उपस्थिति रहेको थियो ।