रुपन्देही सडक डिभिजन कार्यालयको पूँजीगत खर्च असारमै मात्र १ अर्ब ३० करोड

रुपन्देही सडक डिभिजन कार्यालयको पूँजीगत खर्च असारमै मात्र १ अर्ब ३० करोड


– पुनहरि बेल्बासे

रुपन्देहीमा गत आर्थिक वर्षका असारमा मात्रै सडक डिभिजन कार्यालयले १ अर्ब ३० करोड ६३ लाख ९ सय ९९ रुपैयाँ पँुजीगत खर्च गरेको खुलासा भएको छ । यो कुल बजेट निकासाको ८९.२२ प्रतिशत हो ।

यसरी वर्षभरि काम नगर्ने तर आर्थिक वर्ष अन्त्य हुने बेलामा बजेट खर्च गर्नुपर्ने प्रवृत्ति यस वर्ष पनि दोहरिएको छ । रुपन्देहीमा सडक डिभिजनले मात्र होइन हरेक विकास आयोजनाका लागि खोलिएका सरकारी कार्यालयले करोडौँको बजेट आर्थिक वर्षको अन्तिम महिना असारमै खर्च गरेका छन् ।

असारमा गरिने विकासका कार्यहरु बजेट सक्ने चलखेलको रुपमा हेरिन्छ र झरी पर्ने हुनाले असारमा हुने विकासका कामहरु गुणस्तर भएको पाइँदैन । रुपन्देही जिल्लामा आर्थिक वर्ष २०७४÷०७५ मा ६ अर्ब ८१ करोड १ लाख ४० हजार ३ सय २७ रुपैया करिब ८४.८१ ५ पुजिगत खर्च रहेकोमा २ अर्ब ८० करोड ४७ लाख १ हजार ७ सय ९८ रुपैया करिब ४२ प्रतिशत पँुजिगत खर्च असारमा भएको देखिएको छ ।

आर्थिक वर्ष ०७४÷७५ मा रुपन्देही जिल्लामा कुल २१ अर्ब ८२ करोड १० लाख ७३ हजार ६७ रुपैयाँ जम्मा अख्तियारी भएको थियो । जसमध्ये चालुतर्फ १३ अर्ब ७९ करोड १४ लाख ६ हजार ७ सय ६७ रुपैया र पुँजिगत तर्फ ८ अर्ब २ करोड ९६ लाख ६६ हजार ३ सय रुपैयाँ रहेको छ ।

त्यसैगरी १९ अर्ब ७३ करोड २९ लाख ४१ हजार ८ सय ८५ रुपैयाँ जम्मा अख्तियारीको करिब ९०.४३ ५ जम्मा खर्च जसमध्य १२ अर्ब ९२ करोड २८ लाख १ हजार ५ सय ५७ रुपैया करिब ९३.७० ५ चालु खर्च रहेको छ भने ६ अर्ब ८१ करोड १ लाख ४० हजार ३ सय २७ रुपैया करिब ८४.८१ ५ पुजिगत खर्च रहेको छ । त्यसै गरी यस आर्थिक वर्षमा राजश्व संकलन ९० अर्ब ३६ करोड ६५ लाख २५ हजार ८ सय ६२ रुपैया रहेको छ ।

यस वर्ष राजश्व संकलन गत वर्ष भन्दा १३.१८ प्रतिशतले बृद्धी भएको हो गत आर्थिक वर्षमा राजश्व संकलन ७९ अर्ब ८३ करोड ६९ लाख ६७ हजार ५ सय ७९ रहेको जानकारी प्रमुख कोष निरीक्षक मतिप्रसाद भुसालले दिएका छन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीले दिएको तथ्याङ्कले रुपन्देहीमा सडक डिभिजन कार्यालय मात्र होइन रुपन्देही जिल्लामा शहरी विकास तथा भवन विभाग डिभिजन कार्यालयले ४० करोड ७ लाख ६४ हजार ८० रुपैया, लुम्बिनी परिक्रमा बर्दघाट पालडाँडा त्रिवेणी सडक योजनाले २५ करोड ९९ लाख ३ सय २९ रुपैँया, ब्यापारिक मार्ग बिस्तार आयोजना (बेलहिया–बुटवल सडक) ले २४ करोड ६८ लाख ७९ हजार ६ सय ५२ रुपैया, पश्चिमाचंल सिंचाई बिकास डिभिजन नं ६ ले १२ करोड ९१ लाख ६३ हजार ७ सय ५९ रुपैया र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले १० करोड ७१ लाख १३ हजार ४ सय ५५ रुपैँया पँुजिगत खर्च असारमै गरेका छन् ।