कविगोष्ठीमा राजनीतिका थोत्रा भाषण !

कविगोष्ठीमा राजनीतिका थोत्रा भाषण !


bichar– रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
आपूmलाई माक्र्सवादी भनाउन रुचाउने केही मानिस कलाभन्दा विचार ठूलो हो भन्छन् । राजनीतिक चेतना नभएको कला वा सिर्जनालाई वास्तविक सिर्जना मान्दैनन् । उनीहरू ठान्छन्– पृथ्वीभन्दा माक्र्सवाद ठूलो हो, प्रकृतिभन्दा विचार ठूलो हो र माक्र्सवाद ग्रहण गर्नेबाहेक अरू मानिस असल होइनन् । विशेषगरी नेपालका कम्युनिस्टहरू आपूmबाहेक अरू सबैलाई खराब ठान्छन् । यतिसम्म कि समानान्तर कम्युनिस्ट पार्टीसम्मलाई पनि देखिसहँदैनन् । आपूmबाहेक अरू दक्षिणपन्थी, गद्दार, संशोधनवादी हुन् भन्छन् । उनीहरूमध्ये को सही र गलत हुन् भन्ने आजतक निक्र्योल नै हुन सकेको छैन । विशेषगरी असहिष्णुता, अनुदारता, अव्यावहारिक र कुतर्कयुक्त बहस नै नेपाली कम्युनिस्टहरूको पहिचान बनिआएको छ । आजसम्म कम्युनिस्टहरूले लगाएका नारा र जनतालाई दिएका वाचा वा विश्वास एकांश पनि पूरा भएका छैनन् । उनीहरू समताको सबभन्दा बढी दुहाई दिन्छन् तर पैसाका लागि दरबारसम्म गर्धन जोड्न पुग्छन् । नारी समानताको नारा फुक्छन्, ऐन–मौकामा दुई।चार तरुनी पनि भोगिहाल्छन् । जातीय नारा उराल्छन्, तर नेतृत्व सधैँ उच्च जातले लिने गर्छन् । मोहनविक्रम, निर्मल लामा र रोहितबाहेकका पार्टीमा उच्च र कुलीन वर्गबाहेक अरूको पहुँच छँदै छैन भने हुन्छ । कम्युनिस्ट भनिनेहरूले जतिसुकै सर्वहारा नेतृत्वको दुहाई दिए पनि विश्वकै कम्युनिस्ट पार्टीहरूमा गरिब वा सर्वहारा पार्टीको उच्च पदमा पुगेको इतिहास पनि छैन । स्वयम् कार्लमाक्र्स गरिब वर्गका थिएनन् भने एङ्गेल्स त कुलीन वर्गकै थिए । लेनिन वा माओ पनि गरिब वर्गका होइनन् । संसारमा जति पनि मानिसले आपूmलाई कम्युनिस्ट भनाए तीमध्ये अपवादबाहेक कुलीन वा उच्च वर्गकै थिए । नेपालमा त कम्युनिस्ट भनिनेहरू या त धनी र कुलीन वर्गका छन् या त मानिसको श्रेणीमै गणना गर्न नमिल्ने संस्कारका छन् । यसकारण पनि कम्युनिस्ट भनिनेहरूलाई संसारमै सभ्य जातिका रूपमा उल्लेख गरिँदैन । भनाइ र गराइको भेदले पनि उच्च दिमाग भएको श्रेणीभित्र उनीहरूलाई राखिएको छैन ।
तैपनि पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारीजस्ता कम्युनिस्ट नेताहरू अरूको तुलनामा आदर्शवादी तथा प्रजातन्त्रप्रति समर्पित थिए । वास्तवमा पुष्पलालजस्ता कठोर तपस्वीले पनि कम्युनिस्ट भनिनेहरूबाट बढी आलोचना खेप्नपरेको थियो । ०४६ अघिसम्म उनलाई संशोधनवादी, अवसरवादी, काङ्ग्रेसको पुच्छर आदिका साथै मोहनविक्रमले त गद्दारसम्म लेख्न पुगे भने मोदनाथ प्रश्रितले पनि पुष्पलालका १२ अपराध भन्ने किताबै लेखे । कुनै बखत पुष्पलाल स्वयम् कम्युनिस्ट भनिनेहरूबाटै प्रताडित बनाइए । मनमोहनलाई मालेले देखिसहँदैनथ्यो । हुन त पुष्पलाल र मनमोहन सर्वहारा वर्गका थिएनन्, तर उनीहरू दुवै मानवीय आचरणभित्रका राम्रा मानिस थिए । राम्रा र उदार मानिस कम्युनिस्ट भनिनेहरूका नजरमा गद्दार हुनु आश्चर्यको विषय पनि होइन । नेपालका कम्युनिस्टहरूले जंगबहादुरको कमै आलोचना गरेका छन् । देशभित्रका तस्कर, दलाल, विदेशी खुफियाको विरोध गरेको आजसम्म मैलेचाहिँ सुनेको छैन । तर, भानुभक्त, देवकोटा, विश्वेश्वरप्रसाद कोइरालाजस्ता असल मानिसको बढी आलोचना गरिएका छन् । वास्तवमा संस्कृतिमा बुद्ध, साहित्यमा देवकोटा र राजनीतिमा बीपीजति महान् मानिस नेपालमा जन्मन सकेको छैन । तर, यी तीनै व्यक्तित्व कम्युनिस्ट भनिनेहरूका लागि श्रद्धापात्र कहिल्यै बन्न सकेनन् । अहिले पनि कम्युनिस्टहरू सुशील कोइरालाजस्ता त्यागी, शेरबहादुर देउवाजस्ता उदार नेताभन्दा ज्ञानेन्द्र वा कमल थापा राष्ट्रवादी भएको तर्क अघि सार्दै छन् । उनीहरू भारतको चर्को विरोध गर्थे, आज भारतकै आशीर्वादमा एमालेका दुईजना र एमाओवादीका दुईजना प्रधानमन्त्री भइसके । आज कम्युनिस्ट भनिनेहरूको दिल्लीदौड प्रतियोगिता राष्ट्रवादिताको सक्कली चेहरा बनेको छ । यी यस्ता उदाहरणहरू प्रशस्त छन्, उल्लेख गर्दा पनि आपैँmलाई लाजमर्दो हुन्छ ।
यसपल्ट साउन ५ गते साहित्य सन्ध्या र जनसाहित्यिक मञ्चले पुष्पलाल स्मृति दिवस र विशेष कवि गोष्ठी गर्ने भएकाले हामी पनि सहभागी भयौँ । त्यस दिन दुई/तीनजना वक्ताले घन्टौँ भाषण छाँटेर कविहरूको समय नै खाइदिए । पुष्पलालको विचार भनेको काङ्ग्रेस र कम्युनिस्टबीचको सहकार्य हो । तर, त्यहाँ कोही प्रजातन्त्रवादी आमन्त्रित थिएन । कार्यक्रममा डा. जीवेन्द्रदेव गिरी, रामकृष्ण दुवाल, गङ्गा उप्रेती, रमेश पोखरेल र खगेन्द्र राईले सन्दर्भयुक्त र सटिक मन्तव्य राखेका थिए भने लक्ष्मीभक्त उपाध्यायले कवि, लेखकलाई राजनीतिले प्रश्रय नदिएको गुनासो गर्दै लामो समय बोलेर कविहरूकै समय खाइदिएका थिए । शान्ता मानवीले पुष्पलालको आदर्श पार्टीले बिर्सेको आक्षेप लगाएकी थिइन् । तर, उनलाई त्यही एमालेले सांसद वा सभासद् बनाइदिएर लगाएको गुनको खाल उतार्ने काम गरिन् । उनी आपैँmले संविधान नबनाएर राज्यकोषको दुरुपयोग गरेको कथाचाहिँ कसरी पुष्पलालको सिद्धान्तभित्र पर्दो रहेछ भन्ने आजसम्म मैले बुझ्न सकेको छैन । शान्ता मानवी मोदनाथ प्रश्रितकै मितबहिनी र वनारसमा प्रश्रितसँगै बसेको नाताले मात्र उनी यो ठाउँमा आइपुगेकी हुन् भन्ने सबैलाई थाहा छ । न उनी कहिल्यै पुष्पलालको धारमा रहेर संयुक्त आन्दोलनमा संलग्न भएकी हुन्, न त उनमा पुष्पलालको कुनै आदर्श नै छ । उनले पनि साहित्यकारलाई राजनीतिले नहेरेको गुनासो त गरिन् तर बेअर्थका कुरा बोलेर कविहरूकै समय खाइदिइन् । चार घन्टासम्म चलेको कार्यक्रममा जम्मा रोमी र जोनी नेपाल, रामबहादुर पहाडी, इन्दु अंशु, जगन्नाथ आचार्य, बूँद राना र कृष्ण घिमिरेले मात्र बोल्न र पाठ गर्न भ्याए । यसरी कविगोष्ठी भनेर कविकै उपेक्षा गरिएको दुई/चार ठाउँमध्ये यो पनि प्रमुख ठानेको छु मैले । अर्को महाआश्चर्यको विषयचाहिँ कार्यक्रममा कार्यपत्र प्रस्तोता भनिएका कृष्णचन्द्र शर्माले डेढ घन्टासम्म अन्टसन्ट बोलेर दिक्क बनाएका थिए । उनले कार्यपत्र पनि पढेनन्, न त कसैलाई नै बाँडे । कार्यपत्र भनेको समारोहमा बाँडिने पत्र पनि हो । उनको कार्यपत्र कस्तो थियो भन्ने कसैलाई थाहा भएन । उनले विचारको आधारमा सिर्जना हुनुपर्छ भन्नेतर्पm बढी जोड दिए । वास्तवमा माक्र्स, लेनिनपछि आएका माओका अनुयायी भनिनेहरूले बढीभन्दा बढी यस्तो कुतर्कलाई अघि बढाएका हुन् । सिर्जना भनेको पूmल हो, त्यो ऋतुअनुसार फुल्छ, न कि राजनीतिक विचारअनुसार । रामायण महाभारत कुनै विचारधाराका आधारमा रचिएका ग्रन्थ होइनन् । यी पाँच/६ हजार वर्षसम्म पनि उत्तिकै आकर्षक र पठनीय छन् । मुनामदन आएको ७५ वर्ष भयो, कम्युनिस्ट विचार नेपालमा आएको ६९ वर्ष भयो । तर, मुनामदन अहिलेसम्म सबभन्दा बढी पढिन्छ । कम्युनिस्ट पार्टीको जन्मभन्दा ४ वर्षअघि माधव घिमिरेको गौरी र देवकोटाको शाकुन्तल महाकाव्य २००२ मा आएका हुन् । गौरी साहित्यमा अधिकाधिक उद्धृत हुने एवम् शाकुन्तल सबभन्दा बढी विद्यार्थीले पढ्ने महाकाव्य हो । स्वयम् कम्युनिस्ट भनिनेहरू पनि यिनै कृतिका सहारामा गुजारा गर्छन् । माक्र्सकै उदयअघि आएका ओडिसी, सेक्सपियरका नाटक, फ्रेञ्च नाटक र संस्कृतको कालिदास रचित अभिज्ञान शाकुन्तलम् अहिले पनि विश्वकै श्रेष्ठ कृति मानिन्छ । गोर्कीको आमा पनि वैचारिक दृष्टिले नभएर औपन्यासिक दृष्टिले लेखिएको र गोर्की पार्टीमा भएका नाताले मात्र कम्युनिस्टहरूले बाइबल भनेका हुन् ।
साहित्यलाई राजनीतिक विचारले हेर्नु लिँडेवाद मात्र हो । राजनीति समाजको आवश्यकताअनुसार प्रायोजन गरिन्छ भने साहित्य मानवीय संवेदनाको आधारमा । यी दुवैको दूरी हेर्ने हो भने आकाश र धर्तीका भैंm प्रतीत हुन्छ । आकाश र धर्ती जोड्छु भन्नु कोरा मूर्खता हो । साहित्यले गर्ने काम राजनीतिले गर्नै सक्तैन र राजनीतिले गर्ने काम साहित्यले गर्नुपर्छ भन्ने धारणा लिनु पनि हुँदैन । राजनीतिमा जो पनि लाग्न सक्छ, तर सिर्जनामा जोकोही लाग्न सत्तैmन । मानवीय संवेदना मर्दै गएपछि मानिस राजनीतिक वादतिर झर्छ, त्यही संवेदना बढ्दै गएपछि ऊ कवि हुन्छ र सिर्जना गर्न थाल्छ । यसैले संस्कृतमा कविर्मनीषि परिभू: स्वयंभू: भनिएको हो । यसरी यति ठूलो सिर्जना शक्तिलाई राजनीतिको सानो घेरामा कैद गरिनुपर्छ भन्ने माथिका वक्ताहरूको खोटो विचारको आम साहित्यकारहरूले खुलेर विरोध गर्न सक्नुपर्छ भन्ने मेरो धारणा छ । अन्यथा राजनीतिले विशेषगरी कम्युनिस्ट दर्शनले जसरी आममानिसलाई दास बनायो र बनाउने चेष्टा गरिरहेको छ । त्यसले पुन: साहित्य वा सिर्जनालाई पनि दास बनाउन सँगै लानुपर्ने भन्ने अरण्यरोदन गरिँदै छ । यसको सभ्य मानिसले प्रतिकार गर्नु जरुरी छ । स्रष्टाले राजनीतिक विचार लिनुहुँदैन भन्ने कुराचाहिँ म पनि मान्दिनँ । तर, विचारकै आधारमा सिर्जना गर्नुपर्छ भन्ने दास मनोवृत्तिको म विरोधी छु । यस्तो आग्रह केवल दूराग्रह मात्र हो । आयोजकले भविष्यमा यस्ता कुरामाथि विचार पु-याऊन् र स्रष्टामाथि भार लाद्ने काम नगरून् भनी म विनम्रतापूर्वक अनुरोध गर्दछु । विशेष कविगोष्ठीका नाममा राजनीतिक मानिस ल्याएर घन्टौँ थोत्रा भाषण सुनाउने र कविहरू बोलाएर अपमान गराउने काम बन्द गरून् ।