ढुवानीमा अढाई प्रतिशत कर दोहोरो भएको व्यवसायीको आरोप छ । उनिहरुले उपभोक्तामाथि भारैभार भएको भन्दै तत्काल सरकारले सो निर्णय खारेज गर्नुपर्ने माग राखेका हुन् । सरकारले ढुवानीमा दोहोरो कर लिएको भन्दै उद्यमी, व्यापारीलगायत ढुवानी र ट्रक व्यवसायीले यसको खारेजीको माग गरेका छन् ।
ढुवानी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष एवम् पशुपति रोड क्यारियरका सञ्चालक विनोद सिंहका अनुसार सङ्घीय सरकारले आर्थिक वर्ष २०७५-०७६ का लागि ल्याएको बजेटमा उल्लेख गरिएको ढुवानी कर दोहोरो भएको हो ।
यसबाट व्यवसाय महँगो हुने हुँदा उपभोक्ता प्रभावित हुने तर्क गर्दै सञ्चालक सिंहले दोहोरो ढुवानी कर खारेज गर्न आग्रह गरे ।
प्रतिक्रिया