दुईवटा फाटेका ड्रम राखेर तीनवटा देश घुम्नेलाई !

दुईवटा फाटेका ड्रम राखेर तीनवटा देश घुम्नेलाई !


– कृष्णराज शर्मा

हालै सकिएको विश्वकप फुटबल खेल धेरैले टीभीमा प्रत्यक्ष रूपमा हेरेकै हुनुपर्छ । यो खेल नहेर्नेले पनि वरिपरिको हल्ला सुनेर र भोलिपल्ट बिहान चल्ने गफ सुनेर भए पनि फुटबल खेल हेर्नुभएको मान्न सकिन्छ । प्रत्यक्ष रूपमा जस–जसले टीभीमा आँखा लगाउनुभयो झन् प्रस्ट देख्नुभएको छ कि त्यहाँ खेलका अलावा अन्य के–के गतिविधि भए ? ती सबै हाम्रो स्मृतिमा लामो समयसम्म ताजै रहनेछन् ।

जस्तो कि खेलका अलावा खेल हेरिसकेपछि जापानी दर्शकहरूले आफू बसेको ठाउँ वरपर भएको फोहोर आफैँले प्लास्टिकको थैलोमा बटुलेर लगेको देख्यौँ । संसारका सबै मिडियाले उनीहरूको यो कार्यको मुक्तकण्ठले प्रशंसा गरे । करोडौँ डलर खर्चेर पनि देशको नाम राख्न नसकिनेमा यही एउटा सानो काम गरेर सित्तैमा देशको नाम फैलाए । त्यति कामले गर्दा जापानिजप्रति सहानुभूतिका स्वर बढे । फोहोर टिपेर फाल्दा पनि पर्यटकलाई आकर्षण गर्न सकिन्छ भन्ने नौलो सन्देश जापानी खेलदर्शकहरूले विश्वसामु पु¥याए । आफ्नो समूहले खेल जिते पनि हारे पनि आफूले गरेको फोहोर आफैँले उठाउने काम गरे । अथवा भनौँ, खुसी हुँदा पनि र दुःखी हुँदा पनि आफू बसेको स्थानको वरपर फालिएका फोहोर आफैँले उठाए । उनीहरू न कहिल्यै मात्तिए न कहिल्यै आत्तिए । सुसंस्कृत देशका सुसभ्य नागरिक बनेर देखाए । विश्वकप आयोजक राष्ट्र रूसले जापानीको फोहोर छुनै परेन । जापानीहरूले आफूले गरेको फोहोर अरूलाई उठाउन त के छुन दिएनन् । यसरी जापानिजहरूले संसारभरिका फुटबलप्रेमी दर्शकहरूको मन चोरेर लगे । उनीहरूको यही व्यवहारले एकपटक सबैलाई पुनः जापानी सभ्यताको स्पर्श गर्न जापान जाऊँ–जाऊँ पारे । फोहोर टिपेर फाल्दा पनि पर्यटकलाई आकर्षण गर्न सकिन्छ भन्ने नौलो सन्देश जापानी खेलदर्शकहरूले विश्वसामु पुऱ्याए ।

गाउँबाट आउने मलामीले त्यहीँको धाराको पानी पिउँछन् । बजारकाले गाडीमा बोकेर फ्रुटी र बोतलको पानी पिलाउँछन् । यो पेयमा कति खर्च छ त्यसको एक सानो अंश खर्चेर ती फोहोर व्यवस्थापन गर्न सकिन्थ्यो, किन गरेनन् ? दुईवटा फाटेका ड्रम राखेर तीनवटा देश घुम्ने समाजसेवीले, एकचोटि पनि फर्केर ती ड्रमको वरिपरि किन घुमेनन् ? हाम्रो समाजमा हावी भएका यस्ता समाजसेवीहरूको रूप देख्न पाए कस्तो हुँदो हो ?

मस्कोमा देखेका यी सम्पूर्ण गतिविधिपछि भोलिपल्टै बाग्लुङको निरहेघाटमा मलामी जानुपऱ्यो । काली किनारमा रहेको चौतारीबाट गण्डकी नियाल्यौँ । कालीगण्डकी उन्मत्त हुँदै वारपार भएकी थिइन् । शव जलाउने ठाउँ मुस्किलले भेटिन्थ्यो । येनकेन शवले शोला चढ्यो । अल्पायुमै जीवन गुमाएकी बानपा–३ की लक्ष्मी शर्मा शोलामा चढेर पञ्चतत्वमा लीन हुँदै थिइन् । मलामी सबै दुःखी थिए । आँखा रसाइरहेका थिए । सबैले भन्दै थिए, ‘सन्काहा डाक्टरले गर्दा लक्ष्मीको ज्यान गयो !’

यसैबीच त्यहाँ एउटा असभ्यताको थुप्रो सबै भद्रजनका अगाडि ढसमस्स बसेको देखापऱ्यो । समाजसेवाको नमुना देखापऱ्यो । कुनै क्लबले समाजसेवा गरेको होला भन्ने प्रस्ट झल्किन्थ्यो । एउटा ड्रम काटेर दुईवटा बनेका थिए । त्यसैको वरिपरि फ्याँकिएका मिनरल वाटरका बोतल र फ्रुटीका प्याकले ड्रमहरू घेराबन्दीमा परेका थिए । (फोटो हेरौँ) एउटा ड्रमको पेट भरिएर पोखिएको र अर्कोले भोकै छु भन्दै दुःखेसो पोखेको दृश्य सबैले देखे । त्यहाँ धेरैथरी थिए । कस–कसलाई के लाग्यो मैले जान्ने कुरा भएन । म जिज्ञासु बन्दै घोरिएँ । जसले मलामीलाई चिसो खुवाएको हो उसले ती फोहोर व्यस्थापन गर्नुपथ्र्यो, किन गरेनन् ? मनमनै प्रश्न गरेँ ।

गाउँबाट आउने मलामीले त्यहीँको धाराको पानी पिउँछन् । बजारकाले गाडीमा बोकेर फ्रुटी र बोतलको पानी पिलाउँछन् । यो पेयमा कति खर्च छ त्यसको एक सानो अंश खर्चेर ती फोहोर व्यवस्थापन गर्न सकिन्थ्यो, किन गरेनन् ? दुईवटा फाटेका ड्रम राखेर तीनवटा देश घुम्ने समाजसेवीले, एकचोटि पनि फर्केर ती ड्रमको वरिपरि किन घुमेनन् ? हाम्रो समाजमा हावी भएका यस्ता समाजसेवीहरूको रूप देख्न पाए कस्तो हुँदो हो ? मनमनै सोचेँ मात्रै, कसैलाई केही भन्न सकिनँ । ऊ ! ती जापानीको जस्तै व्यक्ति–व्यक्तिमा सेवाको भावना भए पो हुन्थ्यो । व्यक्तिगत स्वार्थले भरिएको व्यक्तिले समाज र देशलाई के सम्झला ? जापानीहरूले फोहोर उठाएर फाल्दै पर्यटकलाई आकर्षित गर्छन् । सभ्यता प्रदर्शन गर्छन् । हाम्रा यिनले घरआँगनमा फोहोर थुपारेर सिंगापुर, मलेसिया, थाइल्यान्ड पुगेर पसलमा ठड्याएका डमीमा टाँसिएर फोटो खिच्छन् । फोटो पोस्ट गर्छन् । अझ फिस्स दाँत फालेर । घुम्न गएका देशका मान्छेले डमीमा टाँसिएर फोटो खिच्ने यी ‘जनसेवी जन्तु’को देश कस्तो रहेछ हेरौँ–हेरौँ बनाउँछौँ । हामी यसरी घर–आँगनमा फोहोर थुपारेर पर्यटक बटुल्न हिँड्छौँ । अन्तमा तुलना गर्नै नहुनेसँग तुलना गर्ने मै बेबकुफ सम्झेर मनमा कुरा खेलाउनै छोडेँ !