मन्त्री हटाइने हल्लाले शेयर बजारमा सकारात्मक प्रभाव

मन्त्री हटाइने हल्लाले शेयर बजारमा सकारात्मक प्रभाव


अर्थमन्त्री युवराज खतिवडा वित्तीय क्षेत्रका निम्ति कति ठूलो आतङ्क बनेका रहेछन् भन्ने सङ्केत आज शेयर बजारमा देखियो ।

मंगलबार बिहानदेखि युवराज खतिवडालाई अर्थमन्त्रीबाट हटाईंदैछ भन्ने चर्चा चल्दा शेयरबजार अचानक उकालो लागेपछि उनी आर्थिक जगतमा कति ठूलो आतङ्क बनेका रहेछन् भन्ने स्पष्ट हुन पुगेको हो ।

मन्त्री खतिवडा हट्ने चर्चा चलेसँगै बिहान शेयर बजार दोहोरो अङ्कले बढेर सर्किट ब्रेक लगाउनु परेको थियो । खतिवडा मन्त्री भएयता क्रमशः ओरालो लागेको शेयर बजार निरासाजनक अवस्थामा पुगेको थियो ।

अपरान्ह तीन बजे शेयर कारोबार बन्द हुँदा औषत ४.७७ अङ्कले वृद्धि भई औसत नेप्से ११९९.२७ अङ्क कायम भएको छ । मध्यान्हसम्म उतसाहजनक रुपले वृद्धि भएको शेयर कारोबार युवराज खतिवडा पदमा कायम रहेको सूचना भएपछि नेप्से परिसूचक पुनः ओरालो लागेको थियो ।

यस घटनाले वित्तिय बजार निराशाजनक अवस्थामा पुग्नुको एक मात्र कारण खतिवडा भएको स्पष्ट हुन पुगेको छ ।